२०८१ बैशाख ८

एमालेका यी नेताले लिए उमेदवारी फिर्ता, नवलपरासी पश्चिममा हृदयेश त्रिपाठीलाई समर्थन




काठमाडौं । नेकपा (एमाले)का प्रतिनिधिसभा र प्रदेशसभामा उमेदवारी दिएका चारजनाले उमेदवारी फिर्ता लिएका छन् ।



Advertisement



प्रतिनिधिसभातर्फ चितवन क्षेत्र नम्बर ३ मा एमालेबाट उमेदवारी दिएका रामप्रसाद न्यौपानेले उमेदवारी फिर्ता लिए । त्यसैगरी नवलपरासी पश्चिम २ मा सिन्धु जलेसा बुढाथोकीले उमेदवारी फिर्ता लिएकी छन् । डडेलधुरा चक्र स्नेहीले पनि उमेदवारी फिर्ता लिए । 

प्रदेशतर्फ धादिङ २ को ‘ख’मा उमेदवारी दिएका धनबहादुर घलेले उमेदवारी फिर्ता लिएको एमाले प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिए । 



उमेदवारी फिर्ता लिए चितवन–१ मा कांग्रेसबाट वागी उमेदवारी दिएका दिनेश कोइरालालाई सहयोग गर्ने भएको छ । 

डडेल्धुरामा कांग्रेस बीपीका कर्ण मल्ल र नवलपरासी पश्चिममा जनता प्रगतिशील अध्यक्ष हृदयेश त्रिपाठीलाई एमालेले सहयोग गर्ने उनले बताए । 

त्यस्तै, धादिङ २ को २ मा एमालेले राप्रपाका उमेदवारलाई सहयोग गर्नेछ ।

Copy link
Powered by Social Snap