२०८१ बैशाख ६

प्रचण्डविरुद्ध उठेकी कांग्रेस नेतृ माधवी भट्टको उमेदवारी फिर्ता




पोखरा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध बागी उमेदवारी दिएकी कांग्रेस नेतृ माधवी भट्टले उमेदवारी फिर्ता लिएकी छन् । 



Advertisement



सत्ता गठबन्धनका तर्फबाट प्रचण्डले गोरखा २ बाट निर्वाचन लड्दैछन् । उनीविरुद्ध भट्टले स्वतन्त्र उमेदवारी दर्ता गराएकी थिइन् । 



पार्टीको निर्देशनमा उनले आज वारेसमार्फत उमेदवारी फिर्ता लिएकी हुन् । उनले श्रीमान्मार्फत उमेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत नारदप्रसाद भट्टराईले जानकारी दिए ।

Copy link
Powered by Social Snap