२०८१ बैशाख १४

आचारसंहिता उल्लंघन गरेको भन्दै दाहाललाई आयोगले सोध्यो स्पष्टीकरण




काठमाडौँ — निर्वाचन आयोगले नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाललाई आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको छ ।



Advertisement



आइतबार गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गर्ने क्रममा पञ्चेबाजा प्रयोग गरेको विषयमा आयोगले स्पष्टीकरण सोधेको हो ।



उनलाई सात दिनभित्र स्पष्टीकरण बुझाउन आयोगले निर्देशन दिएको छ । आयोगले उम्मेदवारी दर्ताको क्रममा प्रयोग भएको श्रव्यदृष्यको आधारमा दाहालसँग स्पष्टीकरण सोधेको हो ।

Copy link
Powered by Social Snap