२०८१ बैशाख १५

उमेदवारी खारेजीविरुद्ध विष्णु पौडेलका प्रतिस्पर्धी राजु गुरुङ सर्वोच्चमा




काठमाडौं । नेकपा (एमाले)का उमेदवार विष्णु पौडेलविरुद्ध रूपन्देही–२ मा उठेका नेकपा (एकीकृत समाजवादी)का राजु गुरुङ उमेदवारी बदरविरुद्ध सर्वोच्चमा रिट लिएर पुगेका छन् ।



Advertisement



गुरुङको उमेदवारी फौजदारी मुद्दामा सजाय पाएको र तीन वर्ष नपुगेको आधार देखाएर बदर गरिएको थियो । उनले निर्वाचन आयोगमा उमेदवारी बदरविरुद्ध उजुरी पनि गरेका थिए । आयोगले बदरको निर्णय सदर गरेपछि उनी आयोगविरुद्ध सर्वोच्चमा रिट लिएर पुगेका हुन् ।  



गुरुङलाई ०७८ पुस १२ मा चेक अनादरको मुद्दामा जिल्ला अदालत काठमाडौंबाट सजाय भएको थियो ।

Copy link
Powered by Social Snap