२०८३ असार २२

राजनीति

माओवादी अध्यक्ष प्रचण्डद्वारा गोरखा दरबारको अवलोकन

माओवादी अध्यक्ष प्रचण्डद्वारा गोरखा दरबारको अवलोकन

राजनीति
गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्पपछि पुनःनिर्माण गरिएको ऐतिहासिक गोरखा दरबारको अवलोकन गरेका छन् । सत्ता गठबन्धनबाट गोरखा क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यको उमेदवारसमेत रहेका उनले आज बिहान दरबार अवलोकन गरेका हुन् ।  गोरखा दरबारको अवलोकन गर्दै अध्यक्ष प्रचण्डले गोरखाको ऐतिहासिक विरासत बोकेको गोरखा दरबार प्रचार–प्रसारमा जोड दिनुपर्ने बताए । पर्यटन क्षेत्रको विकासमार्फत जिल्लाको आर्थिक समृद्धिको पर्याप्त सम्भावना रहेको भन्दै उनले गोरखा ऐतिहासिक धार्मिक तथा सांस्कृति हिसाबले महत्वपूर्ण जिल्ला भएको बताए ।  उनले गोरखाको इतिहासले देशको गरिमालाई उँचो पारेकोसमेत बताए । दरबार अवलोकनका क्रममा गोरखा दरबार सङ्ग्राहलयका प्रमुख नवराज अधिकारीले अध्यक्ष प्रचण्डलाई गोरखा दरबारको ऐतिहासिक महत्वलगायत विषयमा जानकारी गरा...
मोरङका एमाले उमेदवार भन्छन्– जनताको भविष्यका लागि फेरि एमाले नेतृत्वको सरकार आवश्यक

मोरङका एमाले उमेदवार भन्छन्– जनताको भविष्यका लागि फेरि एमाले नेतृत्वको सरकार आवश्यक

राजनीति
विराटनगर । मोरङमा नेकपा (एमाले)का प्रतिनिधिसभा सदस्य पदका उमेदवारहरूले बुद्धिजीवीहरूसँग छलफल गरेका छन् । पेसागत महासंघ नेपाल मोरङ र बुद्धिजीवी परिषद् मोरङले शुक्रबार विराटनगरमा आयोजना गरेको शुभकामना आदन प्रदान कार्यक्रममा एमालेका उमेदवारहरूले समृद्धि र सुशासनका लागि एमालेको जित आवश्यक रहेको बताए ।  एमाले स्थायी कमिटी सदस्य तथा मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य उमेदवार लालबाबु पण्डितले अब फेरि एमालेको सरकार आवश्यक भएको बताए । उनले भने, "नेपाली जनताको भविष्य, समाजको उत्थान तथा विकास, समृद्धि र सुशासनको लागि एमाले नेतृत्वको सरकार आवश्यक रहेको छ ।” मोरङ ६ मा आफ्नो सहभागितामा बुढीखोला नियन्त्रण, खनार नेताचौक मुल नहरको सडकमा कालोपत्रेलगायतका काम गरेको भन्दै उनले विकास निमार्णका अधुरा कामहरू पूरा गर्न आफू फेरि उमेदवार बनेको बताए ।  एमा...
दल र उमेदवारबारे दुष्प्रचार नगर्न प्रेस काउन्सिलको अपिल

दल र उमेदवारबारे दुष्प्रचार नगर्न प्रेस काउन्सिलको अपिल

राजनीति
काठमाडौं । प्रेस काउन्सिल नेपालले राजनीतिक दल तथा उमेदवारका बारेमा आधारहीन, अप्रमाणित तथ्यलाई लिएर विभिन्न टिकाटिप्पणी, आरोपप्रत्यारोप, दुष्प्रचार र चरित्रहत्या हुने किसिमले सामग्री सम्प्रेषण नगर्न सम्पूर्ण सञ्चार माध्यम र पत्रकारलाई आग्रह गरेको छ ।  आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सन्दर्भमा आज एक प्रेस विज्ञप्ति जारी गरी काउन्सिलले यस्तो आग्रह गरेको हो ।  काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ– सञ्चार माध्यमलाई गलत समाचार, दुष्प्रचार र घृणास्पद (द्वैषपूर्ण) अभिव्यक्तिहरू प्राप्त हुन सक्दछन्  । मिथ्या, दुष्प्रचारयुक्त सामग्रीको तथ्यगत परीक्षण गर्न, यस्ता अभिव्यक्तिलाई स्थान नदिन र कसैको पक्ष वा विपक्ष हुने एवं राजनीतिक दल वा उमेदवारको चरित्रहत्या हुने सामग्री सम्प्रेषण ...
कांग्रेसको घोषणापत्रमा आर्थिक, समन्यायिक समाज र सार्वभौमिक समानता समेटिन्छ : स्वर्णिम वाग्ले 

कांग्रेसको घोषणापत्रमा आर्थिक, समन्यायिक समाज र सार्वभौमिक समानता समेटिन्छ : स्वर्णिम वाग्ले 

राजनीति
काठमाडौं । नेपाली कांग्रेसको घोषणपत्र मस्यौदा समितिले कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिलाई मस्यौदा हस्तान्तरण गरेको छ । अर्थविद डा. स्वर्णिम वाग्लेको नेतृत्वमा रहेको घोषणापत्र मस्यौदा हस्तान्तरण गरेको हो । समितिले हस्तान्तरण गरेको मस्यौदा संशोधनसहित पारित गर्ने निर्णय कार्यसम्पादन समितिले गरिसकेको छ ।  घोषणापत्रको मस्यौदा हस्तान्तरणपछि डा. वाग्लेले घोषणपत्रमा मुख्यः सात एजेण्डा समेटिएको उल्लेख गरेका छन् । घोषणपत्रमा के छ भन्ने सञ्चारकर्मीको प्रश्नमा डा. वाग्लेले त्यसमा फराकिला अर्थतन्त्रका खाका, समन्यायिक समाज र सार्वभौमिक समानतासहितको विदेशनीतिका एजेण्डा समेटिएको बताए ।  “सुरुवातमा राजनीतिक टिप्पणी हुन्छ । त्यसपछि मुख्यतः लोकतान्त्रिक प्रणालीभित्र समुन्नत नेपालको विषय रहन्छ । फराकिलो आर्थिक अवस्था, नेपालको समन्यायिक समाज र सांस्कृतिक विकासको एजेन्डा रहन्छ,” ...
कांग्रेसले संशोधनसहित पारित गर्‍यो घोषणापत्र

कांग्रेसले संशोधनसहित पारित गर्‍यो घोषणापत्र

राजनीति
काठमाडौं । नेपाली कांग्रेसले आगामी संसदीय चुनावका लागि तयार पारेको घोषणापत्र मस्यौदा केन्द्रीय कार्यसम्पादन समितिबाट पारित गरेको छ । पार्टी कार्यालय सानेपामा बसेको बैठकले घोषणापत्र संशोधनसहित पारित गरेको घोषणापत्र लेखन समतिका प्रवक्तासमेत रहेका सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।  बैठकमा लेखन समितिका संयोजकसमेत रहेका महामन्त्री विश्वप्रकाश शर्माले घोषणापत्रको ड्राफ्ट प्रस्तुत गरेका थिए । विज्ञहरू स्वर्णीम वाग्ले र गोविन्द पोखरेलले घोषणापत्रको व्याख्या गरेपछि नेताहरूले सुझाव राखेका थिए ।  ...
कांग्रेसको काखमा बसेर माओवादीले शासन गर्दै छ : दिनेश कोइराला

कांग्रेसको काखमा बसेर माओवादीले शासन गर्दै छ : दिनेश कोइराला

राजनीति
काठमाडौं । चितवन–३ मा स्वतन्त्र उमेदवारी दिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले नेकपा (माओवादी केन्द्र)ले कांग्रेसको काखमा बसेर शासन आफूले गरिरहेको बताएका छन् । आफ्नो उमेदवारीको औचित्य बताउन पत्रकार सम्मेलन गरेका कोइरालाले देश सीमित गिरोहको चंगुलमा परेको बताए ।  “अहिले कांग्रेसको शासन छ । कांग्रेसको काखमा बसेर माओवादी तथा साना पार्टीहरुको शासन छ । झट्ट हेर्दा दलीय शासन नै चलिरहेको जस्तो भान हुन्छ  । तर, वास्तविकता सबैले बुझेका छन्,” कोइरालले भने, “वास्तविकता के हो भने केही परिवारको गिरोहले देशमा शासन गरिरहेको छ । उनीहरुलाई देशको मतलब छैन, जनताको मतलब छैन, विकास र समृद्धिसँग वास्तै छैन ।”  उनले शासन सत्तामा हुनेलाई परिवार र नातागोताको मात्र चिन्ता देखिएको भन्दै आफ्नो परिवारले कसरी पार्टी र देश कब्जा गर्ने भन्नेमा उनीहरुको ध्यान केन्द्रित र...
चितवन-३ का ‘बागी’ दिनेश कोइरालाले भने- प्रजातन्त्र सीमित गिरोहको कब्जामा गयो

चितवन-३ का ‘बागी’ दिनेश कोइरालाले भने- प्रजातन्त्र सीमित गिरोहको कब्जामा गयो

राजनीति
काठमाडौं । चितवन–३ मा स्वतन्त्र उमेदवारी दिएका कांग्रेस नेता दिनेश कोइरालाले प्रजातन्त्र सीमित गिरोहको कब्जामा परेको बताएका छन् ।  आफ्नो उमेदवारीको औचित्य प्रष्ट पार्न पत्रकार सम्मेलन गरी सबैले लडेर ल्याएको लोकतन्त्र सीमित गिरोहका कब्जामा गएको भन्दै त्यसबाट मुक्त गर्न साझ प्रयत्व आवश्यक परेको बताए । उनले त्यही प्रयासका रुपमा आफूले स्वतन्त्र उमेदवारी दिएर सबै राजनीतिक दललाई सहयोगका लागि आह्वान गरेको बताए । “यो देश अब परम्परागत ढंगबाट चल्न सक्दैन । परम्परागत ढंगले चल्न दिइँदैन । नेपालमा हामीले प्रजातन्त्र ल्यायौँ, लोकतन्त्र ल्यायौँ । दलीय व्यवस्था ल्यायौँ । अहिले आएर देशलाई दलहरुले होइन गिरोहहरुले चलाउने अवस्था आयो । अब यो देश गिरोहहरुलाई चलाउन दिइँदैन,” कोइरालले भने, “अब यो देशमा पारिवारिक शासन चल्न दिइँदैन । देशमा अहिले अंश, वंश र अर्थको आधारमा राजनीति चलिरहेको छ...
विष्णु पौडेल भन्छन्– देशलाई संकटको भुमरीबाट जोगाउन ओली नेतृत्वको सरकार अनिवार्य

विष्णु पौडेल भन्छन्– देशलाई संकटको भुमरीबाट जोगाउन ओली नेतृत्वको सरकार अनिवार्य

राजनीति
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आगामी मंसिर ४ गतेको निर्वाचनपछि पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बनाउनुको विकल्प नरहेको बताएका छन् । रूपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका उमेदवारसमेत रहेका उपाध्यक्ष पौडेलले देशलाई संकटको भुमरीबाट जोगाउनका लागि, समृद्धि र समाजवादको यात्रालाई अघि बढाउनका लागि आगामी निर्वाचनपछि ओली नेतृत्वको एमाले सरकार बन्नुपर्ने बताए ।  बिहीबार रूपन्देहीको क्षेत्र नम्बर ५ मा आयोजित पार्टी कार्यकर्ता भेलामा बोल्दै उनले एमालेको विजयीलाई सुनिश्चित हुनेगरी निर्वाचनको काममा खटिन पनि स्थानीय नेता, कार्यकर्तालाई निर्देशन दिए । "देशलाई संकटको भुमरीमा जानबाट जोगाउनका लागि, विकास, समृद्धि, सामाजिक न्याय र समाजवादको यात्रा तय गर्नका लागि नेकपा (एमाले)को जित अपरिहार्य छ । एमालेको नेतृत्वमा हामीले पार्टीबाट संस्थागत ...
आचारसंहिताविपरीत काम गर्नेलाई कारबाही नगरे कार्यालय प्रमुखलाई कारबाही गरिने

आचारसंहिताविपरीत काम गर्नेलाई कारबाही नगरे कार्यालय प्रमुखलाई कारबाही गरिने

राजनीति
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिताविपरीत कार्य गर्ने कर्मचारी, शिक्षक, प्राध्यापक, सुरक्षाकर्मीलगायतलाई कारबाही गर्न सम्बन्धित कार्यालय प्रमुखलाई निर्देशन दिएको छ । कारबाही गरी सो जानकारी निर्वाचन आयोग र सम्बन्धित जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिलाई गराउन निर्देशन पनि दिइएको छ ।  “... निर्वाचन आचारसंहिताविपरीतको काम कारबाही गरेको अवस्थामा निजहरूलाई कानुनबमोजिम कारबाही गर्नुपर्ने भएकोले कुनै कर्मचारीले राजनीतिक दल वा उमेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुने वा प्रचारप्रसार गर्ने, सामाजिक सञ्जालमा राजनीतिक दल वा उमेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसारका सामग्री पोस्ट वा सेयर गर्ने वा सामाजिक सञ्जालमार्फत मत माग्ने लगायतका निर्वाचन आचारसंहिताविपरीतको काम कारबाही गरेमा त्यस्ता कर्मचारी, शिक्षक. प्राध्यापक, सुरक्षाकर्मीसमेतलाई ...
प्रधानमन्त्री देउवाले हटाए जसपाका मन्त्री

प्रधानमन्त्री देउवाले हटाए जसपाका मन्त्री

राजनीति
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)बाट मन्त्री बनेकाहरू पदमुक्त भएका छन् । बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई पदमुक्त गरेकी हुन् । प्रधानमन्त्रीको सिफारिसमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई र वन तथा वातावरण मन्त्री प्रदीप यादवलाई पदमुक्त गरिएको हो ।  ती मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री देउवाले आफैँ सम्हाल्ने भएका छन् । सत्ता गठबन्धनलाई छाडेर जसपाले विपक्षी नेकपा (एमाले)सँग चुनावी तालमेल गरेपछि प्रधानमन्त्री देउवाले उसका मन्त्रीहरूलाई बर्खास्त गरेका हुन् । ...