२०८१ बैशाख ७

कैलालीमा कांग्रेसले गर्‍याे ‘बागी’ उमेदवार शाहीलाई कारबाही


कांग्रेसकाे कारबाहीमा परेका स्वतन्त्र उमेदवार भरतबहादुर शाही ।


धनगढी । नेपाली कांग्रेसले कैलाली क्षेत्र नम्बर २ प्रदेश क्षेत्र ‘ख’का ‘बागी’ उमेदवारलाई कारबाही गरेकाे छ । 



Advertisement



कांग्रेसले स्वतन्त्र उमेदवारी दिएका भरतबहादुर शाही र उनका प्रस्तावक तथा समर्थकलाई कारबाही गरेकाे हाे । शाहीसहित उनका प्रस्तावक कमल सन्ज्याल र समर्थक प्रेम कुमार विकलाई पाँच वर्षसम्म पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको कैलाली २ प्रदेश क्षेत्र ‘ख’का सभापति तेजप्रताप मल्लले जानकारी दिए ।



आगामी मंसिर ४ गते हुने आम निवाचनमा पार्टीको आधिकारिक निर्णय तथा गठबन्धनविरुद्ध ‘बागी’ उमेदवारी दिएका शाहीले पार्टीले उमेदवारी फिर्ता लिन अनुरोध गर्दा पनि नलिएपछि कारबाहीमा परेकाे नेपाली कांग्रेस कैलालीले जनाएको छ ।

कांग्रेस प्रदेश क्षेत्र ‘ख’ कैलालीका सभापति तेजप्रताप मल्लले जारी गरेकाे विज्ञप्तिमा पार्टीको विधान २०२६ संशाेधनसहितको धारा ३४ उपधारा १ (घ) उलंघन गरिएकोले निजहरूलाई धारा ३४ को उपधारा ४ (क) बमोजिम कारबाही गरिएको उल्लेख गरिएको छ ।

Copy link
Powered by Social Snap