भीम रावलको प्रश्न– आफू मनपरी गर्ने मलाई नबोल भन्ने ?
काठमाडौं । नेकपा (एमाले)का नेता भीम रावलले आफूमाथि अन्याय भएकाले सार्वजनिक रूपमा बोलेको बताएका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत रावलले आफूसँग छलफल नै नगरी आफ्नो उमेदवारी रोकिएकाले आफूले सार्वजनिक मञ्चमा बोलिरहेको बताएका छन् ।
साथै उनले कतिपयले आफूलाई नबोल्न भनेको पनि बताएका छन् ।
"प्रतिनिधिसभाको उमेदवारी रोकिएको सन्दर्भमा मैले सार्वजनिक रूपमा बोल्न नहुने भनी तर्क गरिएको सुनियो । मेरो उमेदवारी सार्वजनिक रूपमा नरोकेर पार्टी भित्रै मसँग छलफल नगरेको किन त ?, रावलले प्रश्न गरेका छन् ।
उनले चिनियाँ साहित्यकारको भनाइलाई उद्धृत गर्दै अन्यायविरुद्ध आफूलाई नबोल्न भनिएको बताएका छन् ।
रावलले भनेका छन्, "यस प्रसंगमा चिनियाँ क्रान्तिकालका प्रसिद्ध साहित्यकार लू शुनको यो भनाइ सान्दर्भिक छ : बिरालोले मुसा समातेपछि पीडाले मुसो चिच्याउँदा बिरालोले यो त्यत्तिकै किन चिच्याएक...









