२०८३ असार २२

राजनीति

गगन थापा प्रधानमन्त्री बन्नुपर्छ : वाग्ले

गगन थापा प्रधानमन्त्री बन्नुपर्छ : वाग्ले

राजनीति
काठमाडौं । अर्थशास्त्री समेत रहेका नेपाली कांग्रेसका नेता स्वर्णिम वाग्लेले पार्टीका महामन्त्री गगन थापा प्रधानमन्त्री बन्नुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले क्षेत्रसँगै सिंगो देशको विकास गर्न गगनको नेतृत्व आवश्यक रहेको बताए । “उहाँको प्रस्तुति तयारीसहितको तथ्यमा टेकेर विज्ञहरूको कुरा सुनेर हुन्छ । गएको संसद्मा पनि गगन थापा र मीनेन्द्र रिजालको मात्र उपस्थित संसद्मा बलियो थियो,” उनले भने, “ओलीको दुईतिहाइ सरकारलाई अलिकति भए पनि उत्तरदायी बनाउने काम उहाँबाट भएकै हो । कोभिडको समयमा सरकारसँग मिलेर काम गर्न चाहेको, स्वास्थ्य बिमाका विषयको विषय उदाहरण हुन् ।” ...
प्रतिस्पर्धी उमेदवारमाथि नेता केसीको कटाक्ष– उहाँलाई सिंहदरबार कहाँ हो सोध्दै हिँड्नुपर्छ

प्रतिस्पर्धी उमेदवारमाथि नेता केसीको कटाक्ष– उहाँलाई सिंहदरबार कहाँ हो सोध्दै हिँड्नुपर्छ

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीले आसन्न निर्वाचन जित्नु नै आफ्ना लागि पहिलो महत्त्वपूर्ण कुरा भएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले काठमाडौंवासी सोलुखुम्बुका मतदातालाई चुनावअगावै निर्वाचनमा भोट हाल्न पठाइदिन पार्टी समन्वय समितिहरूलाई निर्देशन दिए । उनले मतदातालाई जिल्ला पठाउँदा अरू पार्टीका मानिस पनि त्यही हुलमा मिसिन सक्ने भन्दै सचेत रहन आग्रह गरे । नामै किटान गरेर उनले नेकपा (एमाले)का कार्यकर्ताहरू पनि गठबन्धनको हुलमा मिसिएर आफूले पठाएको सवारीसाधनबाट जिल्ला जान सक्ने आरोप लगाए । आफू ६ पटक निर्वाचन लडिसकेको अनुभवका आधारमा विगतमा पनि यस्ता गतिविधि भएको उनले सुनाए । गठबन्धनको बलमा सोलुखुम्बुबाट उमेदवार बनेका नेता केसीले एमालेबाट आफ्ना प्रतिस्पर्धी रहेका नेता मानवीर राईप्रति इंगित गर्दै सिंहदरबार नै नचिनेको मानिस...
यस्तो टिकटक भिडियो बनाउनोस्, ५० हजार जित्नोस् !

यस्तो टिकटक भिडियो बनाउनोस्, ५० हजार जित्नोस् !

राजनीति
काठमाडौं । निर्वाचन आयोगले आसन्न निर्वाचनलक्षित टिकटक भिडियो बनाएर पठाउन आग्रह गरेको छ । त्यसरी पठाइएका मध्ये उत्कृष्ट पाँच भिडियोलाई जनही ५० हजार रुपैयाँका दरले पुरस्कृत गरिने आयोगले जनाएको छ । आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन प्रचारप्रसार, निर्वाचन आचारसंहिता, निर्वाचन शिक्षाजस्ता विषयमा आधारित रही २० सेकेन्डदेखि एक मिनेटसम्मको टिकटक भिडियो बनाएर पठाउन भनिएको छ । यही कात्तिक ५ देखि कात्तिक १५ गतेभित्र आयोगको इमेल ठेगाना ([email protected])मा भिडियो पठाउनुपर्नेछ । टिकटक भिडियो प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, २०७९ लक्षित हुनुपर्नेछ । भिडियो संवादमूलक, सन्देशमूलक हुनुपर्नेछ । आफ्नै मौलिक अडियो र अभिनय भएको भिडियोलाई प्राथमिकता दिइने आयोगले जनाएको छ । कुनै एक व्यक्तिले एउटा विषयमा पाँचवटासम्म भिडियो ...
‘बागी’लाई कारबाही गर्छौँ : प्रचण्ड

‘बागी’लाई कारबाही गर्छौँ : प्रचण्ड

राजनीति
जनकपुरधाम । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘बागी’ उमेदवारलाई कारबाही गर्ने चेतावनी दिएका छन् । शनिबार जनकपुरधाममा आयोजित पाँचदलीय गठबन्धनको भेलामा उनले बागीलाई उमेदवारी निष्क्रिय गर्न आग्रह गरे । “गठबन्धनका नेताहरूबाट पनि केही कमजोरी भएको छ । जसका कारण कतिपय ठाउँमा बागी उमेदवार देखिएको छ,” उनले भने, “समस्यालाई सम्पूर्ण रूपमा हल गर्नैपर्छ । अन्तिमपटक सम्झाउँछौँ, नमाने कारबाही गर्नेछौँ । यो परिस्थितिमा रहन दिनु हुँदैन ।” ...
निर्वाचनका लागि टिकटक प्रतियोगिता गरिने

निर्वाचनका लागि टिकटक प्रतियोगिता गरिने

राजनीति
काठमाडौं । आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई निर्वाचन आयोगले पुरस्कृत गर्ने घोषणा गरेको छ । निर्वाचन प्रचारप्रसार, निर्वाचन आचारसंहिता तथा निर्वाचन शिक्षाजस्ता विषयमा आधारित उत्कृष्ट टिकटक भिडियो बनाउन आह्वान गर्दै आयोगले प्राप्त उत्कृष्ट भिडियोलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । टिकटक भिडियो प्रतियोगितामा सहभागी हुनेले २० सेकेन्डदेखि एक मिनेटसम्मको बनाएर यही कात्तिक ५ देखि १५ गतेभित्र पठाइसक्नुपर्नेछ । आयोगले प्राप्त भएका मध्ये उत्कृष्ट पाँच भिडियोलाई जनही ५० हजार रुपैयाँका दरले पुरस्कृत गर्ने जनाएको छ । उनीहरूलाई प्रशंसापत्र समेत प्रदान गरिने बताइएको छ । ...
निर्वाचनका लागि टिकटक प्रतियोगिता गरिने

निर्वाचनका लागि टिकटक प्रतियोगिता गरिने

राजनीति
काठमाडौं । आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई निर्वाचन आयोगले पुरस्कृत गर्ने घोषणा गरेको छ । निर्वाचन प्रचारप्रसार, निर्वाचन आचारसंहिता तथा निर्वाचन शिक्षाजस्ता विषयमा आधारित उत्कृष्ट टिकटक भिडियो बनाउन आह्वान गर्दै आयोगले प्राप्त उत्कृष्ट भिडियोलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । टिकटक भिडियो प्रतियोगितामा सहभागी हुनेले २० सेकेन्डदेखि एक मिनेटसम्मको बनाएर यही कात्तिक ५ देखि १५ गतेभित्र पठाइसक्नुपर्नेछ । आयोगले प्राप्त भएका मध्ये उत्कृष्ट पाँच भिडियोलाई जनही ५० हजार रुपैयाँका दरले पुरस्कृत गर्ने जनाएको छ । उनीहरूलाई प्रशंसापत्र समेत प्रदान गरिने बताइएको छ ।  ...
राजेन्द्र लिङ्देनको दाबी– राप्रपाले अप्रत्याशित नजिता ल्याउँछ

राजेन्द्र लिङ्देनको दाबी– राप्रपाले अप्रत्याशित नजिता ल्याउँछ

राजनीति
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा अप्रत्याशित नजिता आउने दाबी गरेका छन् । शनिबार काठमाडौं क्षेत्र नम्बर १ मा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा लिङ्देनले आगामी निर्वाचनमा देशभर आफ्ना उमेवार उठेको भन्दै अप्रत्याशित नजिता आउने र राप्रपालाई अघि बढ्न अब कसैले रोक्न नसक्ने दाबी गरे । आगामी निर्वाचन केवल आवद्यिक निर्वाचन मात्रै नभएको भन्दै उनले तीन दशकदेखिको सीमित राजनीतिक दलहरूको चक्रव्यूहबाट मुलुकलाई निकाल्ने अवसर भएको बताए । निर्वाचनमा राप्रपाले मात्रै नभई देशले जित्ने भएकाले आफ्नो मत सदुपयोग हुनेगरी मतदान गर्न उनले आह्वान गरे ।  लिङ्देनले यसअघिको निर्वाचनमा राप्रपाले गलत गठबन्धन गरेकाले राम्रा मान्छे पराजित भएकाले अब भने त्यस्तो अवस्था नआउने बताए । ...
उपेन्द्र यादव भन्छन्– कांग्रेस, माओवादीले मधेसीको शोषण गरे, अब जसपाले मुक्ति दिलाउँछ

उपेन्द्र यादव भन्छन्– कांग्रेस, माओवादीले मधेसीको शोषण गरे, अब जसपाले मुक्ति दिलाउँछ

राजनीति
राजविराज । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र माओवादीसहित ठुला पार्टीहरूले मधेसी जनताको शोषण मात्रै गर्दै आएको आरोप लगाएका छन् ।  सप्तरीको महदेबा गाउँपालिकास्थित बलिया मठमा बिहीबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले अन्य दलले मधेसलाई भोट बैंक बनाएर शोषण मात्रै गरेको बताए । उनले शोषित उत्पीडित जनताको हक अधिकार स्थापित गराउन आफूहरू अझै संघर्षरत रहेको बताए ।  "कांग्रेस लगायतका ठुला भनाउँदा पार्टीहरूले मधेस र मधेसी जनतालाई शोषण मात्र गर्दै आएको छन् । शोषण, दमन एवम् अत्याचारबाट मुक्ति दिलाउने जिम्मा अब जसपाको हो," उनले भने । ...
एमालेको सरकार आएपछि कलंकीदेखि धोबीखोलासम्म ६ लेन सडक बन्छ : ईश्वर पोखरेल

एमालेको सरकार आएपछि कलंकीदेखि धोबीखोलासम्म ६ लेन सडक बन्छ : ईश्वर पोखरेल

राजनीति
काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेको सरकार आएपछि काठमाडौंको कलंकीदेखि चाबहिलको धोबीखोलासम्म ६ लेन सडक निर्माणले तीव्रता पाउने बताएका छन् ।  काठमाडौं क्षेत्र नम्बर ५ मा आज आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले मुआब्जा र सडक खाली गर्ने काम सकिए पनि एमाले सरकारबाट हटेपछि सडक विस्तारको काम रोकिएको बताए । सुरुमा कलंकीदेखि महाराजगञ्ज चोकसम्म मात्र सडक निर्माण गर्न लागे पनि आफूले चिनियाँ पक्षसँग पहल गरेका कारण धोबीखोलासम्म निर्माण हुन लागेको उनको भनाइ छ । वरिष्ठ उपाध्यक्ष पोखरेलले धोबीखोला करिडोर र विष्णुमति करिडोर निर्माण पनि छिट्टै सुरु हुने बताए । धोबीखोला पुगेपछि सडक रातोपुलतिर डाइभर्सन गरेर गौशालातिर लैजाने योजना गरेको उनले बताए ।  ...
पाँच वर्षपछि महिलाहरू हरेक पुरुषसँग प्रतिष्पर्धा गर्न सक्षम र योग्य हुन्छन् : ओनसरी घर्ती

पाँच वर्षपछि महिलाहरू हरेक पुरुषसँग प्रतिष्पर्धा गर्न सक्षम र योग्य हुन्छन् : ओनसरी घर्ती

राजनीति
काठमाडौं । नेकपा (माओवादी केन्द्र)की नेतृ ओनसरी घर्तीले निर्वाचनमा महिलाको सहभागिता बढाउन जोड दिनुपर्ने बताएकी छन् ।  वाम लोकतान्त्रिक गठबन्धन महिला परिचालन उपसमिति काठमाडौं क्षेत्र नम्बर २ ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धनबाट काठमाडौं क्षेत्र नम्बर २ की उमेदवारसमेत रहेकी नेतृ घर्तीले महिलाहरू विभिन्न आन्दोलन र लडाइँका मोर्चाहरूमा अग्रपंक्तिमा रहेर काम गरेपनि अन्य क्षेत्रमा महिलाहरूको प्रतिनिधित्व कम भएको गुनासो गरिन् । निर्वाचनमा पनि महिलाहरूको सहभागिता कम भएको र राजनीतिक पार्टीका नेतृत्वलाई आफूले महिला सहभागिताको लागि बढी भन्दा बढी उम्मेदवारी दिन आग्रह गरेको पनि उनले बताइन् । नेतृ घर्तीले महिलाहरूको प्रतिनिधित्व, पहुँच र महिलाहरूलाई प्रेरणा दिनका लागि निर्वाचनमा उमेदवारी दिएको बताइन् । उनले आगामी पाँच वर्षपछि महिलाहरू हरेक पुरुषसँग...