२०८१ बैशाख १३

मानवीय रक्षा भौतिक विकासभन्दा माथि हुन्छ : अध्यक्ष नेपाल




काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भौतिक विकासभन्दा पहिले मानवीय जीवन रक्षाको सवाल प्रमुख रहने बताएका छन् । 



Advertisement



अखिल नेपाल किसान महासङ्घले आयोजना गरेको विश्व खाद्य दिवसको सन्दर्भमा आज आयोजित ‘भोकमरी विरुद्धको अभियान, खाद्य सम्प्रभुता’ विषयक अन्तरक्रियामा अध्यक्ष नेपालले नेपालको संविधानमा नै खाद्य सम्प्रभुता सवाल सम्बोधन भएको बताउँदै नागरिकको सम्मानजनक जीवनयापन गर्ने सवालमा खाद्य सम्प्रभुताको सवाल महत्वपूर्ण रहेको बताए ।



किसान महासङ्घले उठाएको महत्वपूर्ण सवाल संविधानमा समाविष्ट भएको चर्चा गर्दै उनले समाजको अगुवा शक्ति कम्युनिस्ट पार्टी भएकाले जसको विचार काम र व्यवहार पनि अगुवा हुनुपर्नेमा जोड दिए ।

पूर्वप्रधानमन्त्री नेपालले कृषि क्षेत्रको समग्र विकासबिना देशको अवस्था परिवर्तन हुन कठिन हुने विचार व्यक्त गर्दै जसको लागि जग्गाको वर्गीकरण सिँचाइ प्रणालीको व्यवस्थित सदुपयोग, उत्पादन र उत्पादकत्व वृद्धि गर्न मल खाद्य गुणस्तरीय बिउबिजन आधुनिक खेती प्रणाली, यान्त्रिकीकरणसहित गुणस्तरीय उत्पादन महत्वपूर्ण हुने बताए । 

Copy link
Powered by Social Snap