२०८१ बैशाख १४

भीम रावलको प्रश्न– आफू मनपरी गर्ने मलाई नबोल भन्ने ?




काठमाडौं । नेकपा (एमाले)का नेता भीम रावलले आफूमाथि अन्याय भएकाले सार्वजनिक रूपमा बोलेको बताएका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत रावलले आफूसँग छलफल नै नगरी आफ्नो उमेदवारी रोकिएकाले आफूले सार्वजनिक मञ्चमा बोलिरहेको बताएका छन् ।



Advertisement



साथै उनले कतिपयले आफूलाई नबोल्न भनेको पनि बताएका छन् ।

“प्रतिनिधिसभाको उमेदवारी रोकिएको सन्दर्भमा मैले सार्वजनिक रूपमा बोल्न नहुने भनी तर्क गरिएको सुनियो । मेरो उमेदवारी सार्वजनिक रूपमा नरोकेर पार्टी भित्रै मसँग छलफल नगरेको किन त ?, रावलले प्रश्न गरेका छन् ।

उनले चिनियाँ साहित्यकारको भनाइलाई उद्धृत गर्दै अन्यायविरुद्ध आफूलाई नबोल्न भनिएको बताएका छन् ।



रावलले भनेका छन्, “यस प्रसंगमा चिनियाँ क्रान्तिकालका प्रसिद्ध साहित्यकार लू शुनको यो भनाइ सान्दर्भिक छ : बिरालोले मुसा समातेपछि पीडाले मुसो चिच्याउँदा बिरालोले यो त्यत्तिकै किन चिच्याएको होला भनी ठानेझैँ अन्यायी–अत्याचारीले अत्याचार हुँदा पनि जनता चुप लाग्नु पर्छ, किन कराउने भनी ठान्छन् । त्यस्तै हो, आफूले मनपरी गर्ने, अरूलाई चुपचाप आदेश पालन गर भन्ने । यस्तो कुरा लोकतन्त्र र कम्युनिस्ट पार्टीको मान्यता विरुद्ध छ ।”

Copy link
Powered by Social Snap