२०८१ बैशाख १४

निर्वाचन आचारसंहिताका कतिपय बुँदा व्यावहारिक छैनन् : कांग्रेस




काठमाडौँ — सत्तारुढ दल नेपाली कांग्रेसले आसन्न निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको आचारसंहिताका कतिपय बुँदाहरू यथार्थपरक र व्यावहारिक नभएको जनाएको छ । कांग्रेस प्रवक्ता प्रकाशशरण महतले सोमबार सानेपास्थित केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै आचारसंहिताका कतिपय बुँदाहरू व्यावहारिक र यथार्थपरक नरहेको बताएका हुन् ।



Advertisement



उनले कांग्रेस र सत्तागठबन्धन सम्बद्ध दल आचारसंहिताको अधिकतम हदसम्म कार्यान्वयन गर्ने पक्षमा रहेको बताए ।

‘हामी चुनावमा होमिएका छौँ, उम्मेदवारी दिने कुरा टुंगिएको छ । अब हामी गठबन्धनको राम्रो परिणामको अपेक्षासहित प्रचारप्रसारमा लागेका छौँ । तर, यसपटक निर्वाचन आचारसंहिताले धेरै कुराहरुमा बन्देज गरेको छ,’ प्रवक्ता महतले भने, ‘आचारसंहिताका कतिपय विषयहरू यथार्थपरक र व्यावहारिक छैनन् । तैपनि हामी सकेसम्म त्यो सीमाभित्र रहेर नै प्रचार अभियानलाई अगाडि बढाउने निर्क्योल गरेका छौँ ।’



आयोगले सोमबारमात्रै आचारसंहिताको व्यवस्थाअनुसार मतदानको १८ दिनभन्दा अगाडि घरदैलो गर्न नपाइने स्पष्ट पारेको छ भने कसैले पनि आचारसंहिता उल्लंघन गरे उम्मेदवारी नै खारेज हुन सक्ने चेतावनी दिएको छ । यस्तोमा सत्ता गठबन्धनले भने कात्तिक पहिलो सातादेखि नै सात प्रदेशमा पुगेर शीर्ष नेताहरुले सम्बोधन गर्ने नेता कार्यकर्ताहरुको भेला आयोजना गरेको छ ।

Copy link
Powered by Social Snap