२०८१ बैशाख १३

सीमाको रक्षा गर्ने नेपाली सच्चा राष्ट्रवादी : गृहमन्त्री 




बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले सीमा क्षेत्रका बासिन्दाले नै नेपाली भूमिको रक्षा गरेको बताएका छन् ।



Advertisement



नेपालको एक इन्च भूमि पनि दायाँबायाँ हुन दिनु हुन्न भन्दै उनले सीमा क्षेत्रमा बसेर भूमि जोगाउन लागिपरेका नेपाली नै राष्ट्र र राष्ट्रियताको सच्चा पहरेदार रहेको उल्लेख गरे ।

बिहीबार रुपन्देहीमा आयोजित एक कार्यक्रममा उनले अहिले धेरै व्यक्तिले आफूलाई राष्ट्रवादी देखाउने कोसिस गरिरहेको टिप्प्णी गरे । सबैभन्दा बढी राष्ट्रवादी सीमा क्षेत्रमा बस्ने नेपाली भएको उनको भनाइ छ ।



“मुलुकको सिमानामा स्थायी बसोबास भएका, आफूहरूको घर, आँगन, जग्गा, कुलो भनेर दिनरात सीमाको रक्षा गर्ने स्थानीय सच्चा राष्ट्रवादी हुन् भन्ने मेरो र सरकारको ठम्याइ हो,” उनले भने ।

गृहमन्त्री खाँणले सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीका समस्या समाधान गर्न सरकार लागिपरेको पनि बताए ।

Copy link
Powered by Social Snap