‘लौरो’ देखाएर आफूलाई स्वतन्त्र बताउने उमेदवारलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण
काठमाडौं । निर्वाचन आयोगले ‘हाम्रो नेपाली पार्टी’बाट उमेदवारी दिएर 'लौरो' चुनाव चिह्न पाएका केही उमेदवारहरूलाई स्पष्टीकरण सोधेको छ ।
हाम्रो नेपाली पार्टीका केही उमेदवारले 'लौरो' देखाएर आफूलाई स्वतन्त्र उमेदवार बताउने गरेको पाइएपछि स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।
उनीहरूले दलीय आवद्धता स्पष्ट नगरी आफूलाई स्वतन्त्र उमेदवार भनेर प्रचारप्रसार गरिरहेको कार्यबाट निर्वाचनको स्वच्छता र निष्पक्षतालाई प्रभावित गर्ने र आम मतदाता समेतलाई भ्रममा पार्ने प्रयास गरिरहेको आयोगको विज्ञप्तिमा उल्लेख छ ।
उनीहरूको कार्यबाट प्रचलित निर्वाचन कानुनको उल्लंघन भएको पाइएकाले २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न पत्राचार गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
आयोगले काठमाडौं क्षेत्र नम्बर ५ बाट उमेदवारी दिएका मधुसुदन पाठक, प्रतिनिधिसभा...









