२०८० चैत्र १६

कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक मंगलबार बस्ने




काठमाडौँ — नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक बोलाएको छ ।



Advertisement



आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन- २०७९ का लागि गठन भएको केन्द्रीय परिचालन समितिका संयोजक गोपालमान श्रेष्ठले मंगलबार दिउँसो १ बजेका लागि समितिको पहिलो बैठक बोलाएका हुन् । 



सभापति शेरबहादुर देउवाले आइतबार श्रेष्ठको संयोजकत्वमा ११० सदस्यीय समिति गठन गरेका थिए । कांग्रेस सचिव प्रेम केसीले मंगलबार दिउँसो १ बजे समितिको पहिलो बैठक बोलाइएको जानकारी दिए ।

Copy link
Powered by Social Snap