२०८१ बैशाख ११

गठबन्धनका उमेदवार जिताउन जनजाति महासंघले बनायो परिचालन समिति




काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले गठबन्धनका उमेदवार विजयी गराउन परिचालन समिति गठन गरेको छ । 



Advertisement



संघको बैठकले अध्यक्ष ओमबहादुर घर्तीमगरको संयोजकत्वमा १०१ सदस्य रहेको केन्द्रीय निर्वाचन परिचालन समिति र केन्द्रीय सदस्य जगत बरामको संयोजकत्वमा ५१ सदस्य रहेको केन्द्रीय निर्वाचन प्रचार प्रसार समिति गठन गरेको छ । 



साथै, संघले प्रदेशस्तरीय निर्वाचन परिचालन समिति गठन गर्दै जिम्मेवारी तोकिएको विज्ञप्तिमार्फत संघले जानकारी दिएको छ ।

Copy link
Powered by Social Snap