२०८२ चैत्र १५

राजनीति

पहिचानका लागि क्रस खुकुरी रोजेँ : रमेश केसी

पहिचानका लागि क्रस खुकुरी रोजेँ : रमेश केसी

राजनीति
काठमाडौं । रमेश केसी काठमाडौं ५ बाट प्रतिनिधिसभाका स्वतन्त्र उमेदवार हुन् । साढे २ दशकदेखि सामाजिक अभियानमा सक्रिय केसीले आफ्नै कालमा परिवर्तनका लागि स्वतन्त्र उमेदवारी दिएको बताउँछन् । “अहिले पनि घरदैलो अभियानमै छु,” कुरा गर्दै केसीले भने, “नेपालीको पहिचान वीर गोरखाली भन्ने छ । तर अहिले हामी सबैतिरबाट कमजोर भएको देखिएको छ । त्यसैले हामी कमजोर होइनौं है भन्ने सन्देश दिनका लागि पनि मैले क्रस खुकुरी चुनाव चिह्न लिएको हुँ ।” उनले भविष्यको खोजीमा विदेशिएका सन्ततीलाई नेपाल फर्किने वातावरण बनाउन पनि आफूले उमेदवारी दिएको बताउँछन् । “अहिले पनि दैनिक युवाहरु भिसाको खोजीमा भौतारिइरहेका छन्,” उनले भने, “नेपालमा उत्पादन नहुँदा आयात र निर्यातमा समानता कायम हुन सकेको छैन । त्यसलाई सन्तुलन नमिलाई नेपालको विकास सम्भव छैन । मैले जित हासिल गरेँ भने त्यसका लागि पह...
चितवनमा रविलाई ओलीको कटाक्ष : टिभीमा समाचार पढ्न छोडी घण्टी बजाएर बाटो सोध्या छन्

चितवनमा रविलाई ओलीको कटाक्ष : टिभीमा समाचार पढ्न छोडी घण्टी बजाएर बाटो सोध्या छन्

राजनीति
चितवन — एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनमा आयोजित सभामा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं चितवन २ का प्रतिनिधिसभा उम्मेदवार रवि लामिछाने र चितवन ३ मा गठबन्धनबाट माओवादीका उम्मेदवार डा. भोजराज अधिकारीको आलोचना गरेका हुन् ।  चितवनमा आयोजित चुनावी सभामा सोमबार ओलीले बाटो बिराएर 'समाचार पढ्नुपर्ने' र 'बिरामी जाँच्नुपर्ने' मान्छेहरू उम्मेदवार बनेर आएको अभिव्यक्ति दिएका हुन् । 'मैले सुनेको छु यस क्षेत्रमा अनेकथरी मानिस उठेका छन् । कोही बिमारी जाँच्नुपर्ने अस्पताल छोडेर यता आएछन् । कोही टिभीमा समाचार भन्नुपर्ने त्यो छोडर यता आएका छन् । कोही के गर्नुपर्ने, कोही के गर्नुपर्ने ! चिन्नु न जान्नु कता हिँड्या हो थाहा छैन, घण्टी बजाएका छन्, बाटो सोध्या छन्,' उनले भने । पूर्वसञ्चारकर्मी लामिछाने चितवन-२ मा उम्मेदवार छन् ...
निर्वाचनको तयारीबारे आयोगले गरायो कूटनीतिक नियोगलाई जानकारी

निर्वाचनको तयारीबारे आयोगले गरायो कूटनीतिक नियोगलाई जानकारी

राजनीति
काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनबारे नेपालस्थित कूटनीतिक नियोगहरूलाई जानकारी गराएको छ । आयोगले सोमबार नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिहरूलाई निर्वाचनबारे जानकारी गराएको हो । कान्तिपथस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र पारदर्शी ढंगले सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको बताए । आवश्यक तयारी पूरा भएको जानकारी गराए । उनले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने कार्यमा अन्तर्राष्ट्रिय समुदायबाट पनि साथ र सहयोगको अपेक्षा गरिएको बताए । आयोगका उपसचिव कमल भट्टराईले निर्वाचनका लागि गरिएको सुरक्षा व्यवस्था, आचारसंहिता कार्यान्वयनका लागि गरिएको प्रबन्ध, निर्वाचन अनुगमन गर्ने संस्था एवं पर्यवेक्षहरूका बारेमा विस्तृत जानकारी गर...
कांग्रेसले बाराका चार र हुम्लाका एक नेतालाई गर्यो पाँच वर्षे कारबाही

कांग्रेसले बाराका चार र हुम्लाका एक नेतालाई गर्यो पाँच वर्षे कारबाही

राजनीति
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले पाँच कृयाशील सदस्य तथा विभिन्न ओहोदामा रहेका कार्यकर्तालाई कारबाही गरेको छ । पार्टी केन्द्रीय सदस्य आनन्द ढुंगानाको नेतृत्वमा रहेको केन्द्रीय अनुशासन समितिले बाराका चार र हुम्लाको एक सदस्यलाई कारबाही गरेको हो ।  कारबाहीमा परेकाहरुमा मंगलबहादुर शाही महासमिति सदस्य, हुम्लाका साथै बाराबाट धर्मेन्द्रप्रसाद यादव क्रियाशील सदस्य  महिधवेशन प्रतिनिधि तथा जिल्ला सदस्य रवीन्द्रप्रसाद यादव (रोशन), महाधिवेशन प्रतिनिधि वीरेन्द्रप्रसाद यादव र बारा जिल्ला सदस्य रामएकवालप्रसाद यादव (शिल्पु) रहेका छन् ।  “आसन्न निर्वाचनमा आधिकारिक उमेदवार र पार्टीले समर्थन गरेको उमेदवारविरुद्ध उमेदवार भएका र त्यस्ता उमेदवारको प्रस्तावक वा समर्थक भएमा नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा ४ (क) बमोजिम ५ वर्षका लागि देहायका व्यक्...
सर्वोच्चको आदेश : ललितपुर-३ मा तोसिमा कार्कीको उम्मेदवारी कायम

सर्वोच्चको आदेश : ललितपुर-३ मा तोसिमा कार्कीको उम्मेदवारी कायम

राजनीति
काठमाडौँ — ललितपुर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वर खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले कार्कीको उम्मेदवारी कायम गर्ने यसअघिको आदेशलाई निरन्तरता दिएको हो ।  नेपाल मेडिकल काउन्सिलको सदस्य रहेकाले उनले लाभको पद लिएको र त्यस्तो व्यक्ति उम्मेदवार बन्न अयोग्य हुने भन्दै निर्वाचन आयोगले कार्की उम्मेदवारी खारेज गरेको थियो । त्यसविरुद्ध सर्वोच्च पुगेकी कार्कीको निवेदनमा सुनुवाइ गर्दै यसअघि न्यायाधीश कुमार चुडालको इजलासले उम्मेदवारी कायम गर्न निर्वाचन आयोगले अन्तरिम आदेश दिएको थियो । कार्कीको उम्मेदवारी कायम गर्ने गरी जारी भएको अन्तरिम आदेश खारेज गर्न माग गर्दै (भ्याकेट) निर्वाचन आयोग सर्वोच्च अदालत गएको थियो । आयोगको उक्त निवेदनमाथि सुनुवाइ गर्दै सोमबार सर्वोच्च अदा...
गठबन्धनले जितेपछि विकास र समृद्धिले गति लिन्छ : दाहाल

गठबन्धनले जितेपछि विकास र समृद्धिले गति लिन्छ : दाहाल

राजनीति
लमजुङ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सत्तारुढ गठबन्धनले जितेपछि मुलुकमा विकास र समृद्धिले गति लिने बताएका छन् । मुलुकमा आर्थिक समृद्धि नहुँदा राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धि जनतामा महसुस हुन नसकेको भन्दै दाहालले आगामी दिनमा सत्तारुढ गठबन्धनले समग्र ध्यान आर्थिक विकास र समृद्धिमा दिने बताएका हुन् ।  पाँचदलीय गठबन्धनद्वारा लमजुङको राइनसमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै सोमबार दाहालले जनताले अनुभूति गर्ने गरी आर्थिक विकासका काममा लाग्ने बताएका हुन् । 'गठबन्धनले जितिसकेपछि विकास निर्माण र समृद्धिले गति लिनेछ । यो देशमा राजनीतिक परिवर्तन हुने तर आर्थिक परिवर्तन त्यसै अनुकूल नहुँदा विकास निर्माणले गति लिन सकेको छैन । जनताको घर आँगनमा उज्यालो आएजस्तो नलाग्ने भएको हुनाले राजनीतिक परिवर्तन पनि द...
निर्वाचनबारे आयोगद्वारा कूटनीतिक नियोगलाई जानकारी

निर्वाचनबारे आयोगद्वारा कूटनीतिक नियोगलाई जानकारी

राजनीति
काठमाडौँ — निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनबारे नेपालस्थित कूटनीतिक नियोगहरूलाई जानकारी गराएको छ । आयोगले सोमबार नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलाई निर्वाचनबारे जानकारी गराएको हो । आयोगको कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र पारदर्शी ढंगले सम्पन्न गर्न आयोग प्रतिवद्ध रहेको र आवश्यक तयारी पूरा भएको जानकारी गराएका हुन् । उनले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने कार्यमा अन्तराष्ट्रिय समुदायबाट पनि साथ र सहयोगको अपेक्षा गरेको बताएका थिए । आयोगका उपसचिव कमल भट्टराईले निर्वाचनका लागि गरिएको सुरक्षा व्यवस्था, आचारसंहिता कार्यान्वयनका लागि गरिएको प्रबन्ध, निर्वाचन अनुगमन गर्ने संस्था तथा पर्यवेक्षहरूको बारेमा विस्तृत जा...
प्रतिगमनले टाउको उठाउन नसक्ने गरी एकता प्रदर्शन गर्नुपर्छ : प्रचण्ड

प्रतिगमनले टाउको उठाउन नसक्ने गरी एकता प्रदर्शन गर्नुपर्छ : प्रचण्ड

राजनीति
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनका उमेदवारहरूलाई अत्यधिक मतका साथ विजयी गराउन अपिल गरेका छन् । मुलुकमा फेरि राजनीतिक दुर्घटना निम्त्याउन नदिन आम मतदाताले आसन्न निर्वाचनमा सत्ता गठबन्धनका उमेदवारहरूलाई विजयी गराउनुपर्ने उनको भनाइ छ । शनिबार चितवनमा आयोजित चुनावी सभामा प्रचण्डले प्रतिगमनकारीले टाउको उठाउन नपाउने गरी नेपाली जनताले निर्वाचनमा एकता प्रदर्शन गर्नुपर्ने धारणा राखे । उनले नेपाली जनताले अग्रगमनको पक्षमा मतदान गर्ने विश्वास समेत व्यक्त गरे । सत्ता गठबन्धन विजयी भए मात्र मुलुकमा विकास र समृद्धिको मार्ग खुल्ने जिकिर उनले गरे । संविधानको रक्षा गर्न, लोकतन्त्र र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि गठबन्धन गर्नुपरेको उनले पटक–पटक दोहोर्‍याए । ...
ओलीको प्रश्न : गठबन्धन दलले कसको घोषणापत्र लागु गर्छन् ? प्रधानमन्त्री को हो ?

ओलीको प्रश्न : गठबन्धन दलले कसको घोषणापत्र लागु गर्छन् ? प्रधानमन्त्री को हो ?

राजनीति
धनगढी । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनप्रति व्यंग्य गर्दै फुटेका हाँडीका टुक्राहरु जोडेर बनाएको सरकारले केही गर्न नसक्ने बताएका छन् । कैलाली क्षेत्र नं. २ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् ।  “गठबन्धनसँग छुट्टाछुट्टै घोषणापत्रहरु छन्, कसको लागु गर्छन् ?,” उनले भने, “त्यसकारण उहाँहरुले एमालेलाई अगाडि देखेपछि सातो जाने गरेको छ । फुटेका हाँडीका टुक्राहरु जोडेर बनाएको सरकारले केही गर्न सक्दैन ।” ओलीले मंसिर ४ गतेको निर्वाचन एक सामान्य निर्वाचन नभएको पनि बताए । मंसिर ४ गतेको निर्वाचनले देशले जित्ने कि देशले हार्ने कुरा तय गर्ने बताए । “मंसिर ४ को निर्वाचन एउटा दलले जित्ने र हार्ने निर्वाचन मात्रै होइन, यो देशले जित्ने कि हार्ने निर्वाचन हो,” पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले भने, “देशलाई बर्बाद ...
गठबन्धनको जित भएमा राष्ट्रिय एकता स्थापित हुन्छ : देउवा

गठबन्धनको जित भएमा राष्ट्रिय एकता स्थापित हुन्छ : देउवा

राजनीति
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको जित भएमा राष्ट्रिय एकता स्थापित हुने दाबी गरेका छन् ।  लोकतान्त्रिक–वाम गठबन्धनले शनिबार चितवनमा आयोजना गरेको कार्यक्रममा देउवाले गठबन्धनको एकता भएर अघि बढ्यो भने समावेशी, समानुपातिक मात्रै नभएर राष्ट्रिय एकता पनि स्थापित हुने बताए ।  उनले राष्ट्रमा स्थायी शान्ति र विकास गरेर देशलाई धनी बनाउन गठबन्धनले जित्नुपर्ने बताए ।  देउवाले ठूलो सङ्घर्षबाट प्राप्त भएको गणतन्त्र स्थायी रुपमा स्थापित गर्न र सङ्घीय शासन व्यवस्था, समावेशिता, हिमाल, पहाड मधेससहित मेची–महाकालीसम्मको भूभागलाई एक बनाएर लैजाने आफ्नो प्रयास रहेको बताए ।  उनले आउँदा तीन निर्वाचनसम्म गठबन्धन अघि बढाउनुपर्ने भन्दै सबैलाई इमान्दारीताका साथ गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गरे ।  कार्यक्र...