२०८२ चैत्र १६

राजनीति

<strong>अत्तालिएकाहरूले गठबन्धन गरे : रायमाझी</strong>

अत्तालिएकाहरूले गठबन्धन गरे : रायमाझी

राजनीति
बुटवल । नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीले आफूहरूका सकारात्मक कामबाट अत्तालिएकाहरूले गठबन्धन गरेर मोर्चाबन्दी गरेको बताएका छन् । एमाले बलियो भएकै कारण सरकारमा रहेका दलहरूले गठबन्धन गरेर निर्वाचनमा प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ । शनिबार बुटवलमा आयोजित एक कार्यक्रममा अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्य पदको उमेदवार समेत रहेका नेता रायमाझीले देशको विकास र समृद्धिका लागि एमालेको नेतृत्व अपरिहार्य भएको जिकिर गरे । “प्रतिपक्षमा रहेको पार्टीविरुद्ध सरकारमा रहेका पार्टीहरूले गठबन्धन गरेर चुनावमा जानुपर्ने अवस्था विश्वकै राजनीतिमा सुनिएको छैन । योभन्दा हरिबिजोग के हुन्छ ?,” उनले प्रश्न गरे, “एमालेसँग एक्लाएक्लै चुनावमा गए अस्तित्व मेटिने त्रासबाहेक के हुन्छ ? तर, हामीलाई कुनै डर, त्रास छैन । जनताले कसले के काम गर्‍यो भनेर ह...
<strong>कसैले रोक्न सक्लान् देउवाको अपराजित यात्रा ?</strong>

कसैले रोक्न सक्लान् देउवाको अपराजित यात्रा ?

राजनीति
डडेलधुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चारदिने डडेलधुरा बसाइका क्रममा सात चुनावी सभामा सम्बोधन गरे । श्रीमती आरजु राणा देउवामार्फत गृहजिल्लामा उमेदवारी मनोनयनपत्र दर्ता गराएका उनले आफ्नो सातौँ चुनावी यात्रामा पनि पुरानै आश्वासनलाई निरन्तरता दिए । देउवाले भने, “पश्चिम सेती बनाउँछु । जिल्लामा शिक्षा, स्वास्थ्यको गुणस्तर सुधार गर्छु । बेरोजगारी अन्त्य गर्छु । विमानस्थल तथा बसपार्क बनाउँछु र जिल्लाभर स्तरीय सडक सञ्जाल जोड्छु ।” ०४८ सहितका ६ वटै संसदीय निर्वाचन जितेका देउवाले हरेकपटक जिल्लावासीलाई दिँदै आएका आश्वासन नै हुन्, यी । सातौँ चुनावी यात्रामा पनि देउवाले जिल्लाका सात पालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दा यिनै एजेन्डा दोहोर्‍याए । अहिले मेडिकल कलेजको एउटा आश्वासन थपिएको छ । “पश्चिम सेती निर्माणका लागि भारतीय ...
मैले सुरु गरेका काम पूरा गर्न फेरि उमेदवारी दिएकी हुँ : पम्फा भुसाल

मैले सुरु गरेका काम पूरा गर्न फेरि उमेदवारी दिएकी हुँ : पम्फा भुसाल

राजनीति
काठमाडौं । सत्ता गठबन्धनका तर्फबाट ललितपुर क्षेत्र नं ३ का उमेदवार पम्फा भुसालले राजनीतिक स्थायित्वका साथै संविधानको रक्षाका लागि आगामी निर्वाचन निकै महत्वपूर्ण रहेको बताएकी छन् ।  शनिबार ललितपुरको सातदोबाटो युथ क्लबको नवौँ वार्षिक साधारणसभामा बोल्दै भुसालले संसद्लाई पूरा कार्यकाल सञ्चालन गर्न तथा मुलुकको व्यवस्था र संविधानका साथै राजनीतिक स्थायित्वका लागि आगामी निर्वाचन निकै महत्वपूर्ण रहेको बताइन् ।  पाँच वर्ष चल्ने सरकारले मुलुकको आर्थिक विकासको एजेण्डालाई अघि बढाउनुपर्ने उनको भनाइ छ । भुसालले आफूले यसअघि थालनी गरेको विकासका कामलाई निरन्तरता दिन पुनः उमेदवारी दिएको बताइन् ।  ललितपुरको कला, संम्पदा, संस्कृति र परम्परालाई यहाँको हरेक घर परिवारको आर्थिक उपार्जनसँग जोडेर आगामी पाँच वर्षभित्र ललितपुरबासीको गुणस्तरीय जीवन जीउने आधार तया...
सत्ता गठबन्धन १२ बुँदे सहमति गर्दाकै गठबन्धनको निरन्तरता : महामन्त्री शर्मा

सत्ता गठबन्धन १२ बुँदे सहमति गर्दाकै गठबन्धनको निरन्तरता : महामन्त्री शर्मा

राजनीति
बिर्तामोड — कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले १२ बुँदे सहमति हुँदा दलहरुबीच भएको गठबन्धनको निरन्तरता अहिलेको सत्ता गठबन्धन भएको बताएका छन् । नीतिले १२ बुँदे सहमति भएको र नियतिले अहिले पुनः गठबन्धन गर्नु परेको उनको भनाइ छ ।  शर्माले १२ बुँदे सहमति गर्दा गिरिजाप्रसाद कोइराला नेतृत्वको कांग्रेस, पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी र माधव नेपाल नेतृत्वको एमाले एक ठाउँमा उभिएको बताए । अहिले पुनः तिनै नेताहरुको पार्टीबीच गठबन्धन बनेको उनको भनाइ छ । ‘गिरिजाप्रसाद नेतृत्वको कांग्रेस यो गठबन्धनमा छ । प्रचण्ड नेतृत्वको माओवादी र माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी यो गठबन्धनमा छ । त्यसैले नीतिले त हामी त्यतिबेलै एक भएका थियौं । नियतिले हामीलाई फेरि एक ठाउँमा ल्याएको छ,’ शर्माले भने । झापाको चन्द्रगढीमा गठबन्धनको तर्फबाट झापा १ र ३ नम्बरको संयुक्त चुनावीसभाला...
यो निर्वाचन संविधान रक्षा र निरंकुशताबीचको जनमतसंग्रह हो : दाहाल

यो निर्वाचन संविधान रक्षा र निरंकुशताबीचको जनमतसंग्रह हो : दाहाल

राजनीति
गोरखा — नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रतिनिधिसभा गोरखा क्षेत्र नं २ का उम्मेदवार पुष्पकमल दाहालले द्वन्द्वपीडित सबैलाई समान रुपले सम्बोधन गर्नुपर्ने बताएका छन् । चुनावी भेटघाट अन्तर्गत गोरखाको सिरानचोक गाउँपालिका–८ जौबारीमा भएको सभालाई सम्बोधन गर्दै दाहालले द्वन्द्वपीडितको समस्या अहिले बनेको लोकतान्त्रिक तथा समाजवादी गठबन्धनले मात्र टुङगो लगाउन सक्ने बताए । ‘द्वन्द्वपीडित, युद्ध पीडित, कांग्रेस, माओवादीका नेता कार्यकर्ता, समर्थक भनौं या नेपाली सेना, नेपाल प्रहरी शसस्त्र प्रहरी, सबैलाई बिना भेदभाव सम्मान गर्ने, अधिकार स्थापित गर्ने नीति पारित भइसकेको छ, त्यसलाई सत्यनिरुपण र बेपक्ता अयोग मार्फत् अन्तिम टुँगो लगाउने प्रक्रियामा छौं,’ उनले भने,‘ द्वन्द्व पीडित सबैलाई यो उ नभनी समान रुपमाले सम्बोधन गर्नै पर्छ ।’ गोरखा जिल्ला पनि द्वन्द्व र युद्धबाट प्रभावित भ...
गठबन्धनले जनतालाई समृद्ध बनाउँछ : ओनसरी घर्ती

गठबन्धनले जनतालाई समृद्ध बनाउँछ : ओनसरी घर्ती

राजनीति
काठमाडौं । नेकपा (माओवादी केन्द्र)की नेतृ ओनसरी घर्तीले गठबन्धनले जनतालाई समृद्ध बनाउने बताएकी छन् । शुक्रबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को घरदैलो कार्यक्रममा बोल्दै नेतृ घर्तीले गठबन्धनले जनताका आधारभूत विषयलाई सहज बनाउने, देश परिर्वतन र जनतालाई समृद्ध बनाउने एजेण्डा लिएर आएकाले गठबन्धनको जित सुनिश्चित रहेको बताइन् ।  घर्तीले काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनको जित सुनिश्चित रहेको भन्दै मंसिर ४ गते औपचारिक घोषणा हुन मात्रै बाँकी रहेको दाबी गरिन् । उनले अहिले देशले समृद्धि, शान्ति, स्थिर सरकार, संविधान र अहिलेको व्यवस्थाको रक्षा खोजेको भन्दै त्यो गठबन्धनले मात्रै पूरा गर्नसक्ने बताइन् ।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बहुमतको सरकार फुटाएर तथा दुईपटक संसद् विघटन गरेकाले गठबन्धन गर्ने बाध्यता भएको उनको भनाइ छ । घर्तीले अहिलेको ...
जनताको जीवनस्तर उकास्न पाँच दलीय गठबन्धन आवश्यक : गृहमन्त्री खाँण

जनताको जीवनस्तर उकास्न पाँच दलीय गठबन्धन आवश्यक : गृहमन्त्री खाँण

राजनीति
काठमाडौं । गृहमन्त्रीसमेत रहेका रूपन्देही–३ का प्रतिनिधिसभा सदस्य उमेदवार बालकृष्ण खाँणले अहिलेको गठबन्धनले जनताको जीवनस्तरलाई परिवर्तन गर्ने बताएका छन् । शुक्रबार नेपाल महिला संघ रूपन्देहीले भैरहवाका आयोजना गरेको कार्यक्रममा नेपाल र नेपाली जनताको जीवनस्तर उकास्न पनि पाँच दलीय गठबन्धन आवश्यक रहेको बताए । खाँणले नेपालका ठुला परिवर्तन कांग्रेसको अग्रसरमा नै भएको दाबी गरे । अब देशको आवश्यकता आर्थिक समृद्धि भएकाले रूपन्देहीलाई आर्थिक हबका रूपमा विकास गरिने उनको भनाइ छ ।  गृहमन्त्री खाँणले बुटवललाई अन्य सहरसगँ सहज रूपमा जोड्न यसै आर्थिक वर्षमा बुटवल–दाउन्ने–नारायणघाट सडकखण्डको  बाटोमा सुरुङमार्ग बनाउने निर्णय भइसकेको बताए ।  त्यस्तै, कांग्रेसका केन्द्रीय सदस्य डिला संग्रौलाले महिलाहरूको हकहित र अधिकारका लागी लड्ने एक मात्र पार्टी नेपाली कां...
बलिउड अभिनेत्री मनिषा कोइरालाले मागिन् राप्रपाको पक्षमा मत

बलिउड अभिनेत्री मनिषा कोइरालाले मागिन् राप्रपाको पक्षमा मत

राजनीति
काठमाडौं । बलिउड अभिनेत्री मनिषा कोइरालाले राप्रपाको पक्षमा मत मागेकी छन् ।  शुक्रबार बसन्तपुरमा भएको कार्यक्रममा बोल्दै उनले आफ्ना हजुरबुबा बीपी कोइराला र राजा महेन्द्रबीच सहकार्य हुन नपाउँदा देश असहज स्थितिमा पुगेको बताइन् । अहिले त्यो मौका आएको ठहर उनको थियो ।  “धेरै पहिले बीपी बा र श्री५ महेन्द्र सरकार दुवै एक/दुईमा असाध्यै आदर राख्नुहुन्थ्यो । तर, उहाँहरुले कहिले पनि सहकार्य गर्न पाउनुभएको थिएन,” उनले भनिन्, “त्यतीबेला ठूलो एउटा मौका गुमाएको थियो । अहिले त्यस्तै मौका हाम्रो ढोकामा आएको  छ । अब यो मौकालाई गुमाउनु हुँदैन ।”  साथै, उनले भ्रष्टचार गर्नु आमाको रगत खानु हो भन्ने राजेन्द्र लिङ्देनको भाषणले आफू प्रभावित भएको उल्लेख गरिन् ।  “म यहाँ उभिएको छु राजेन्द्रजीको मुहार हेरेर उहाँको भाषण सुनेर,” उनले भनिन्, “भ्रष्टचार गर्नु भनेको आमाको रगत खानु हो ...
हाम्रो सशक्त आन्दोलनले मात्र प्रतिक्रान्ति टरेको हो : प्रचण्ड

हाम्रो सशक्त आन्दोलनले मात्र प्रतिक्रान्ति टरेको हो : प्रचण्ड

राजनीति
गोरखा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उमेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  संविधान लोकतन्त्र विरोधिहरूबाट धरापमा परेपछि संविधान पक्षधरहरू एकै ठाउँमा उभिएको बताएका छन् । आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग भोट माग्न दुई दिनदेखि गोरखामा रहेका उनले आज बिहान सिरानचोक गाउँपालिकाको नयाँसाँघुमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै  संविधानको रक्षाका लागि वर्तमान वामलोकतान्त्रिक गठबन्धन बनाउनुपरेको चर्चा गरे ।  उनले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पार्टी एकता, संविधान र जनताप्रति इमान्दार नदेखिएको आरोप लगाए । ओलीकै कारण संविधान धरापमा परेको उनको भनाइ थियो । उनले नेपाली कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)लगायतका पार्टीको सशक्त आन्दोलनले मात्र प्रतिक्रान्ति टरेको बता...
<strong>माओवादी पेन्डुलम भइसक्यो : रवीन्द्र मिश्र</strong>

माओवादी पेन्डुलम भइसक्यो : रवीन्द्र मिश्र

राजनीति
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र । काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेकपा (माओवादी केन्द्र)लाई पेन्डुलम पार्टी भएकाे बताएका छन् ।  अबको केही वर्षमा नेपालमा जम्मा तीन पार्टी मात्रै बाँकी रहने दाबी गर्दै वरिष्ठ उपाध्यक्ष मिश्रले मूल रूपमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एमाले) र नेपाली कांग्रेस मात्रै हुने बताए । "माओवादी पेन्डुलम जस्तो यता र उति गर्छ, कि त्यो विलय हुन्छ, कि त्यो साँघुरिएर बस्छ," उनले भने ।  उनले माओवादी केन्द्र अबको केही वर्षभित्र पेन्डुलम बनेर एक अर्काको पछि लाग्ने वा विलय हुने बताए । उनले तीन पार्टीमध्ये दुई पार्टी एमाले र कांग्रेस एउटै कित्तामा दुई नामका पार्टी मात्रै भएको बताए । उनले यी दुवै पार्टी लगभग प्रचण्डीकरण भइ...