२०८१ बैशाख १२

स्वर्णिम वाग्ले भन्छन्– नेतृत्वमा युवा आउनुपर्छ, यथास्थितिमा परिवर्तन हुँदैन





काठमाडौं । अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपालको अर्थतन्त्र सुधार गर्न राजनीतिक नेतृत्वमा युवा आवश्यक रहेको बताएका छन् । आज वाग्मती क्याम्पसका विद्यार्थीहरूलाई सन् २०३० सम्म नेपालको अर्थतन्त्रको मार्ग चित्रका विषयमा प्रशिक्षण दिँदै अर्थविद् डा. वाग्लले मुलुकको अर्थतन्त्र सवल र चलायमान बनाउँदै माथि उठाउन राजनीतिक नेतृत्व सक्षम हुनुपर्ने बताए ।



Advertisement



यथास्थितिमा भने मुलुकको अर्थतन्त्र माथि जान नसक्ने उनको भनाइ छ । 

“राजनीतिक निर्णय तथा नीतिहरू अन्तर्राष्ट्रिय मुलुकसँग प्रतिष्पर्धी बनाउने गरी गर्नुपर्छ । मुलुकको अर्थतन्त्र सवल र चलायमान बनाउनको लागि अहिलेको व्यवस्थाको निरन्तरता हुनु हुँदैन । यथास्थितिमा मुलुकको अर्थतन्त्र माथि जान सक्दैन । त्यसैले मुलुकको अर्थतन्त्र माथि लानको लागि राजनीतिक नेतृत्वमा युवा अगाडि आउनुपर्छ,” उनले भने ।

उनले नेपालको अर्थतन्त्रलाई अन्तर्राष्ट्रिय मुलुकसँग प्रतिष्पर्धी बनाउनका लागि राजनीतिक निर्णय तथा नीतिहरूमा सुधार ल्याउनुपर्ने बताए । नेपाल पर्यटनको हिसाबले उच्च सम्भावना भएको मुलुक भएपनि अत्याधिक कम मात्रै पर्यटक आउने गरेको बताए ।



उनले नेपालमा अबको पाँच वर्षमा हवाई क्षेत्रमा सुधार, होटल पूर्वाधारको विस्तार, दक्ष जनशक्ति उत्पादन गरेर २० लाख पर्यटक ल्याउनुपर्ने बताए । नेपाल आउने पर्यटकले गर्ने खर्च दैनिक १०० डलर बनाएर घुम्ने र बस्ने अवधि १६ दिनसम्म बनाउँदा मात्रै पर्यटक क्षेत्रबाट आम्दानी बढ्नसक्ने उनको भनाइ छ । 

अर्थविद् वाग्लले भारतमा बढ्दै गएको वायु प्रदूषणले नेपालका हिमालहरू पग्लिरहेको पनि बताए । उनले लोकल ब्ल्याक कार्बनले ग्लोबल ग्रिनहाउस क्यास जस्तै असर पार्ने भएकोले हिमालहरू तातेर पग्लन थालेको बताए । 

Copy link
Powered by Social Snap