२०८१ बैशाख ८

मोरङ पुगेर प्रचण्डले गरे शेखरको तारिफ





विराटनगर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मोरङ पुगेर कांग्रेस नेता डा. शेखर कोइराला नभएको भए १२ बुँदे सम्झौता हुनेमा शंका रहेको बताएका छन् । आज मोरङको गछियामा आयोजित गठबन्धनको आमसभामा प्रचण्डले शेखर कोइरालाको सक्रियताका कारण १२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौता सम्भव भएको बताए । 



Advertisement



“यहाँ तपाईंहरूको अगाडि अहिले नेपाली कांग्रेसको वरिष्ठ नेता डा. शेखर कोइराला हुनुहुन्छ । मैले भन्नैपर्ने हुन्छ, डा. शेखर कोइराला नभएको भए १२ बुँदे सम्झौता बन्थ्यो कि बन्दैनथ्यो होला भनेर म बेलाबेलामा सोच्ने गर्छु । उहाँ गिरिजाप्रसाद कोइरालाको दाइने हातका रूपमा हुनुहुन्थ्यो, जतिबेला हामी १२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौताको तयारी गर्दै थियौँ । उहाँ सक्रिय नभएको भए देशमा यो परिस्थिति बन्थ्यो कि बन्थेन होला सोच्छु,” उनले बताए ।



सभामा उनले अहिलेको गठबन्धन संविधान रक्षाका लागि बनेको दाबी गरे । साथै उनले विराटनरको विकाससँगै सुकुम्वासीका समस्या समाधान गर्न आफू लागिपर्ने बताए । 

Copy link
Powered by Social Snap