२०८१ बैशाख २१

शैक्षिक मुद्दा लिएर काठमाडौं–१मा अघि बढेका ऋषभ भट्टराई 





काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा ०६४ साल यता प्रकाशमान सिंहले यो निर्वाचन क्षेत्रमा ह्याट्रिक गरिसकेका छन् । 

माओवादीको बोलवाला भएको ०६४ सालको पहिलो संविधानसभा होस् वा वाम गठबन्धन भएको ०७४ सालको संविधान जारी पछिको पहिलो निर्वाचन –यहाँ प्रकाशमान सिंह नै निर्वाचित हुँदै आएका छन् । 



Advertisement



यो निर्वाचन क्षेत्रमा उनलाई अहिले भने स्वतन्त्रदेखि नयाँ पार्टीका उमेदवारसम्मले चुनौती दिइरहेका छन् । 

विवेकशील साझा पार्टीको अध्यक्षका रुपमा अघिल्लो निर्वाचनमा रवीन्द्र मिश्रले उनलाई चुनौती दिएका थिए । 

काठमाडौं १ मा पार्टीसँगै स्वतन्त्र उमेदवार पनि चर्चामा छन् ।  गणेशमान सिंहको परिवारसँग निकट सम्बन्ध भएका हरिबोल भट्टराईका छोरा ऋषभ नै प्रकाशमानसँग प्रतिस्पर्धामा उत्रिएका छन् । 

मेडिकल इन्स्टिच्युट चलाउँदै गरेका ३९ वर्षीय ऋसभ बानेश्वरमा जन्मे हुर्केका युवा हुन् । 

कांग्रेस बीपीबाट काठमाडौं–१मा प्रतिस्पिर्धी बनेका उनले स्वतन्त्र र वैकल्पिक शक्तिहरुका तर्फबाट एउटामात्र उमेदवार बनाउने प्रयास पनि गरेको बताउँछन् ।



तर सबैले आफैँ उपयुक्त उमेदवार भएका होड लिएपछि उनको प्रयास भने सफल भएन ।  अहिले उनी घरदैलोमा व्यस्त छन् । अरु उमेदवारले मिडियामा पर्याप्त प्रचार गरेपनि आफूले मतदाताको घरदैलोमा आफूलाई केन्द्रित भएको बताउँछन् । “बानेश्वरमा जन्महे हुर्केको मान्छे हुँ । यहँका साथिभाइहरुसँगै हुर्किएको छु, आमाबुवाहरुको स्नेह पाएको छु,” भट्टराईले भने, “युवाहरुको साथ लिएर चुनाव जित्नेगरी काम गरेको छु । घरदैलोमा दिनुभएको शुभकामनाले उत्साहित छुँ ।” 

शैक्षिक क्षेत्रमा सक्रिय भएका उनले काठमाडौंको खानेपानी, ढल सहितका क्षेत्रमा सुधार गर्दै संसदमा एउटा इमान्दार विधायकको भूमिका निर्वाह गर्ने मुद्दा अघि सारेका छन् ।   

Copy link
Powered by Social Snap