२०८१ बैशाख १३

मतपत्रको गोपनीयता भंग गरे मतपत्र गणना हुँदैन : प्रमुख निर्वाचन आयुक्त 





काठमाडौं । निर्वाचन आयोगले मतपत्रको गोपनीयता भंग गरे त्यस्तो मतपत्र गणना नहुने जनाएको छ । कसैको डर, त्रास, धाक, धम्की वा कुनै पनि किसिमको प्रलोभनमा नपरी मतदान गर्न मतदातालाई आयोगको आग्रह छ । 



Advertisement



प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सबै मतदाताको आफ्नो प्रतिनिधि गोप्य रुपमा छान्ने अधिकार रहेको स्पष्ट पार्दै त्यसविपरित मतदान कार्यमा सहभागी हुने मतदातामाथि निर्वाचन कानुन बमोजिम कारबाही हुने चेतावनीसमेत दिए । 

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले मत संकेत गरिसकेको मतपत्रको गोपनीयता भंग गरिए सो मतपत्र नै गणना नहुनेतर्फ पनि सचेत गराए । 



“मतदातालाई गोप्य मतदानद्वारा आफ्नो हकको सुनिश्चितता गर्न हामीले संविधान बमोजिम विभिन्न कानुन तथा आयोगले विभिन्न निर्देशिकाहरु समेत जारी गरेको छ । यी सबै व्यवस्थाले कसैको डर, त्रास, धम्की, अवरोध वा प्रलोभनमा नपरी आफ्नो मत प्रयोग गर्नसक्ने व्यवस्थआ गरेको छ,” उनले भने, “यदि, कसैले त्यस्तो अवस्था सिर्जना गरेमा प्रचलित कानुन बमोजिम कारबाही हुने व्यवस्थासमेत गरिएको छ ।” 

Copy link
Powered by Social Snap