२०८० चैत्र १६

काठमाडौं-९ को चुनाव रोक्न सर्वोच्चद्वारा अस्वीकार




काठमाडौँ — सर्वोच्च अदालतले काठमाडौं-९ को चुनाव स्थगित गर्न माग गर्दै परेको निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले १५ दिनभित्र कारण बुझाउन निर्वाचन आयोगलाई निर्देशन दिएको हो ।



Advertisement



निवेदकको मागबमोजिम अन्तरिम आदेश जारी गर्नुपर्ने कारणहरु नरहेको अदालत प्रारम्भिक ठहर छ ।

काठमाडौं-९ का उम्मेदवार मधु कार्कीले फरक-फरक उम्मेदवारलाई एकै किसिम समरुप देखिने चुनाव चिह्न दिएको कार्यले निर्वाचनको स्वच्छतामाथि प्रश्न उठेको भन्दै निवेदन दिएकी थिइन् ।



साथै उनले काठमाडौं-९ मा मंसिर ४ का लागि तोकिएको निर्वाचन स्थगित गर्न अन्तरिम आदेश माग गरेकी थिइन् । सर्वोच्च अदालत त्यसमा भने सहमत भएन ।

Copy link
Powered by Social Snap