२०८१ बैशाख १२

देशको मुहार फेर्न गठबन्धन बनेको हो : प्रधानमन्त्री देउवा





डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको मुहार फेर्न गठबन्धन बनेको बताएका छन् ।

गृहजिल्ला डडेल्धुराको भागेश्वर गाउँपालिकाको बोगटामा आयोजित चुनावी सभामा प्रधानमन्त्री देउवाले १५-२० वर्ष गठबन्धन कायम राख्दै देशकाे मुहार फेर्ने याेजना रहेकाे बताए । 



Advertisement



“१५–२० वर्षसम्म गठबन्धनलाई यथावत राख्दै सरकार चलाएर देशको मुहार फेर्ने योजना रहेको हो,” उनले भने, “देशको मुहार फेरेरै छाड्ने हो । ढुक्क भए हुन्छ ।” 

संसदमा सरकारको विरोध गर्ने बित्तिकै केपी शर्मा ओलीले संसद नै भंग गरिदिएको स्मरण गराउँदै प्रधानमन्त्री देउवाले त्यस्तो अधिकार कसैलाई पनि नभएको बताए । “अहिलेको संविधानमा संसद भंग गर्ने अधिकार कसैलाई छैन । हामी त्यस्तो गर्दा पनि गर्दैनौँ,” उनले भने ।



प्रधानमन्त्री देउवाले बुधबार गृहजिल्ला डडेल्धुरा र बैतडीका चार वटा आमसभालाई सम्बोधन गरेका छन् । 

यसअघि १७ कात्तिकमा गृहजिल्ला पुगेका देउवा चार दिन यतै बसेका थिए । सो क्रममा उनले सात पालिकाका सात चुनावी सभालाई सम्बोधन गरेका थिए ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि देउवासहित डडेल्धुरामा ८ उमेदवार छन् । देउवा ०४८ यताका हरेक निर्वाचनमा विजयी हुँदै आएका छन् ।

Copy link
Powered by Social Snap