२०८० चैत्र १६

गठबन्धन सरकार बनेर पाँचवर्ष ढुक्कले चल्ने देउवा र दाहालको दाबी





सुर्खेत । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावपछि निर्माण हुने लोकतान्त्रिक वाम गठबन्धन पाँच बर्षसम्म टिक्ने बताएका छन् । 



Advertisement



सुर्खेतको मेहलकुनामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देउवाले ओलीको जस्तो गरी आफूहरुले संसद भंग नगर्ने उनले बताए ।

“हामी ५ वर्ष संसद चलाउँछौं,” उनले भने, “त्यसका लागि गठबन्धनलाई जिताउन आवश्यक छ ।”

उनले गठबन्धन दलको पक्षमा मतदान गरि संविधानको रक्षा र केपी ओलीको निरंकुशता रोक्न आग्रह गरे । 



सभामा नेकपा माओवादीका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्दै उनले जनताको अधिकार सुनिश्चित गर्न गठबन्धन गरिएको बताए । 

केपी ओलीले सरकारमा हुँदा संसद विघटन नै गठबन्धनको सुरुवात भएको उनको भनाई थियो ।

अब संसद् जोगाउन, गठबन्धनको सरकार बनाउन,  चुनाव सफलता पार्न र जनताको विकासको चाहना पूरा गर्न पाँच दलीय गठबन्धनमा मतदान गर्न उनको आग्रह थियो । 
 

Copy link
Powered by Social Snap