२०८१ बैशाख २१

राजनीति

एमाले लुम्बिनी अध्यक्षमा राधाकृष्णले घटाए अग्रता

एमाले लुम्बिनी अध्यक्षमा राधाकृष्णले घटाए अग्रता

राजनीति
काठमाडौं । नेकपा (एमाले) लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कँडेलले अग्रता घटाएका छन् । ६०० मत गणना हुँदा कँडेलले २८७ मत पाएका छन् ।  सुरुदेखि नै अगाडि रहेका हरिप्रसाद रिजालको अग्रता कायमै राखेका छन् । उनले ३०८ मत पाएका छन् । उनलाई पछ्यारहेका कँडेल अहिले २१ मतले पछाडि छन् । यसअघि पाँचसय मत गणना हुँदा उनी २९ मतले पछाडि छन् । निर्वाचन समितिका प्रमुख हरिप्रसाद भण्डारीका अनुसार ९६५ मत खसेको छ । ...
एमाले लुम्बिनी निर्वाचन : राधाकृष्ण कँडेल २ मतले विजयी

एमाले लुम्बिनी निर्वाचन : राधाकृष्ण कँडेल २ मतले विजयी

राजनीति
काठमाडौं । नेकपा (एमाले) लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कँडेल निर्वाचित भएका छन् । उनी दुई मतले विजयी भएका हुन् । गए राति सम्पन्न मतपरिणाम अनुसार कँडेलले ४७९ मत प्राप्त गर्दा उनका प्रतिष्पर्धी हरि रिजालले ४७७ मत पाएको निर्वाचन समितिका प्रमुख हरिप्रसाद भण्डारीले जानकारी दिए । कँडेल उपाध्यक्ष विष्णु पौडेल निकट मानिन्छन् ।  उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठ ४५५ मत प्राप्त गर्दै विजयी भएका छन् । उपसचिव (पुरुष)मा पूर्ण बुढा मगर ४१८ मत पाउँदै विजयी भएका छन् । उपसचिव (महिला)मा लीला राना मगर ३५२ मत पाउँदै निर्वाचित भएकी छन् ।  ...
नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने प्रस्ताव भारतीय मन्त्रिपरिषदबाट स्वीकृत

नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने प्रस्ताव भारतीय मन्त्रिपरिषदबाट स्वीकृत

राजनीति
भारतको मन्त्रिपरिषद्ले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने प्रस्ताव स्वीकृत गरेको छ। भारतका लागि नेपाली राजदूत शंकर शर्माले हालै बसेको भारतीय मन्त्रिपरिषदको बैठकले उक्त प्रस्ताव स्वीकृत गरेको जानकारी दिए। ‘भारतीय मन्त्रिपरिषद्को निर्णयसँगै अब नेपालबाट बिजुली ल्याउने विषयमा थप अध्ययन र गृहकार्य हुन्छ,’ राजदूत शर्माले भने। भारतीय मन्त्रिपरिषदको निर्णयसँगै अब नेपालमा थप बिजुली उत्पादन गर्ने, प्रोजेक्टहरू कसरी बनाउने भन्नेबारे अध्ययन अघि बढ्ने उनले बताए।   नेपालले अहिले बर्खामा भारतीय बजारमा बिजुली बेचिरहेको छ भने हिउँदो समयमा भारतबाट बिजुली किनिरहेको छ।      गत जेठमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने लक्ष्य राखिएको ...
बिपी साहित्य महोत्सव तयारीका लागि कांग्रेसले बनायो समिति

बिपी साहित्य महोत्सव तयारीका लागि कांग्रेसले बनायो समिति

देश, राजनीति, समाचार
नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेको नेतृत्वमा विपी साहित्य महोत्सव तयारी समिति गठन भएको छ। तयारी समितिमा विभिन्न क्षेत्रका ३७ जना सदस्य चयन भएका छन्। यही भदौ २४, २५ र २६ गते विभिन्न कार्यक्रम गरी कांग्रेसले विपी साहित्य महोत्सव आयोजना गर्ने भएको हो। महोत्सव केन्द्रीय कार्यालय सानेपामा हुनेछ। कांग्रेस केन्द्रीय कार्यालयको आयोजना, नेपाली लेखक संघको संयोजन र निरन्तर शनिबार, नेपाल साँस्कृतिक संघ, फाइनआर्टको सहयोगमा महोत्सव गर्न लागिएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माको भनाइ छ। साथै महोत्सवमा फोटो प्रदर्शनीसमेत हुनेछ। हेर्नुस् विज्ञप्ति: ...
६ संसदीय समितिका बैठक बस्दै

६ संसदीय समितिका बैठक बस्दै

राजनीति
काठमाडौं । संघीय संसद्अन्तर्गतका ६ संसदीय समितिका बैठक आज बस्दै छ । प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान ११ बजे सुरु हुनेछ । बैठकमा समितिका नवनिर्वाचित सभापतिलाई बधाई एवं शुभकामना दिइनेछ । अत्यावश्यक खाद्यपदार्थ (चामल, नुन, चिनी, तरकारी) र पेट्रोलियम पदार्थ एवं खाना पकाउने ग्यासको आपूर्ति, बिक्री र हालको मौज्दातको अवस्थाका बारेमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसँग छलफल गरिने कार्यसूची छ । यस्तै, कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक दिउँसो १ बजे बस्दै छ । बैठकमा समितिको समसामयिक विषय र भावी कार्ययोजनाका विषयमा छलफल गरिनेछ । साथै, बेपत्ता पारिएको व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गरिनेछ । समितिसमक्ष प्रतिवेदन पेस गर्न गठित उपसमितिको कार्य...
एमाले लुम्बिनीको नयाँ नेतृत्वका लागि मतदान जारी

एमाले लुम्बिनीको नयाँ नेतृत्वका लागि मतदान जारी

राजनीति
नेकपा (एमाले) लुम्बिनी प्रदेश नेतृत्वका चयनको लागि मतदान जारी छ। बिहान सवा ८ बजेदेखि सुरू भएको मतदान दिउँसो १ बजेसम्म जारी रहने निर्वाचन समितिले जानकारी दिएको छ। जारी निर्वाचनमा पदाधिकारीमा दुई प्यानल देखिएका छन्। सहमतिको प्रयास भन्दै चारदिन लम्बिएको अधिवेशन अन्ततः निर्वाचनमा धकेलिएपछि उम्मेदवारहरू प्यानल बनाएर चुनावी प्रतिष्पर्धामा उत्रिएका हुन्। प्रदेश अध्यक्षका लागि निवर्तमान अध्यक्ष रहेका पाल्पाका राधाकृष्ण कँडेल र प्युठानका हरि रिजालका बीचमा प्रतिष्पर्धा हुँदै छ। सचिवमा उम्मेदवारी दिएका गुल्मीका सोमनाथ सापकोटाले उम्मेदवारी फिर्ता लिएपछि दाङका लक्ष्मण आचार्य निर्विरोध भइसकेका छन्। पाँच पदाधिकारीमध्ये अध्यक्ष, उपाध्यक्ष, र दुई उपसचिवमा भने १३ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार उपाध्यक्...
कांग्रेस वाग्मती प्रदेश संसदीय दलका प्रमुख सचेतक काफ्लेले दिए राजीनामा

कांग्रेस वाग्मती प्रदेश संसदीय दलका प्रमुख सचेतक काफ्लेले दिए राजीनामा

राजनीति
काठमाडौं । नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलका प्रमुख सचेतक कुन्दनराज काफ्लेले राजीनामा दिएका छन् ।  पार्टी राजनीतिमा थप सक्रिय हुन संसदीय दलको प्रमुख सचेतक पदबाट राजीनामा दिएको उनले बताएका छन् ।  “कांग्रेस केन्द्रीय सदस्यको रूपमा कांग्रेसमा नवीन उर्जा भर्न थप क्रियाशिल हुन र दोलखाका जनताको सेवामा थप समर्पित हुन संसदीय दलको प्रमुख सचेतक पदबाट राजीनामा दिएको हुँ,” उनले भने ।   ...
लुम्बिनी एमाले : नेतृत्व चयनका लागि मतदान सुरु  

लुम्बिनी एमाले : नेतृत्व चयनका लागि मतदान सुरु  

राजनीति
काठमाडौं । नेकपा (एमाले) लुम्बिनी प्रदेशमा नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । हिजो साँझ ८ बजेबाट मतदान हुने भनिए पनि हिजो मतपत्र छाप्न समय लागेपछि आज मात्रै मतदान सुरु भएको हो ।  लुम्बिनी एमालेमा प्रदेश अध्यक्षका लागि हरिप्रसाद रिजाल र  राधकृष्ण कँडेल प्रतिष्पर्धामा छन् । लक्ष्मण आचार्य सचिवमा निर्विरोध भइसकेका छन् ।  रुपन्देही, गुल्मी, दाङ, बाँकेबाहेक अन्य जिल्लाका सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् ।   निर्वाचन समितिका प्रमुख हरिप्रसाद भण्डारीका अनुसार पाँच पदाधिकारीका लागि १३ उमेदवार छन् । २०५ सदस्यीय कमिटी चयन हुनेछ ।  ...
लुम्बिनी एमाले : आज मतदान हुँदै 

लुम्बिनी एमाले : आज मतदान हुँदै 

राजनीति
काठमाडौं । नेकपा (एमाले) लुम्बिनी प्रदेशमा आज मतदान हुने भएको छ । हिजो मतपत्र छाप्न समय लागेपछि आज बिहान ८ बजेबाट मतदान हुने निर्वाचन समितिका प्रमुख हरिप्रसाद भण्डारीले जानकारी दिएका छन् । यसअघि हिजो साँझ ८ बजेबाट मतदान हुने भनिएको थियो । लुम्बिनी एमालेमा प्रदेश अध्यक्षका लागि हरिप्रसाद रिजाल र  राधकृष्ण कँडेलबीच प्रतिष्पर्धा हुँदै छ । लक्ष्मण आचार्य सचिवमा निर्विरोध भइसकेका छन् । ...
लुम्बिनी एमाले : अब भोलि बिहान मतदान हुने

लुम्बिनी एमाले : अब भोलि बिहान मतदान हुने

राजनीति
काठमाडौं । नेकपा (एमाले) लुम्बिनी प्रदेशमा भोलि मात्र मतदान हुने भएको छ । आज मतपत्र छाप्न समय लागेपछि अब भोलि बिहान ८ बजेबाट मतदान हुने निर्वाचन समितिका प्रमुख हरिप्रसाद भण्डारीले जानकारी दिए । "आज मतपत्र छाप्न समय लाग्याे । सुरक्षालगायतका कारणले पनि आज नगर्ने निर्णय भयाे," उनले भने । लुम्बिनी एमालेमा अध्यक्षका लागि हरिप्रसाद रिजाल र  राधकृष्ण कँडेलबीच प्रतिष्पर्धा हुँदै छ । एमाले लुम्बिनीमा लक्ष्मण आचार्य सचिवमा निर्विरोध भइसकेका छन् । यसअघि आजै साँझ ८ बजेबाट मतदान  हुने भनिएको थियो ।  ...