२०८१ जेष्ठ ४

राजनीति

कोसी प्रदेश सरकारविरुद्धको रिट : प्रतिवादीको बहस आज

कोसी प्रदेश सरकारविरुद्धको रिट : प्रतिवादीको बहस आज

राजनीति
काठमाडौं । कोसी प्रदेश सरकारविरुद्ध नेकपा (एमाले)को रिटमा आजबाट प्रतिवादीको बहस सुरु हुने भएको छ । निवेदक पक्षको बहस हिजो सकिएपछि आजबाट प्रतिवादीको बहस सुरु हुने भएको हो । सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा हिजोदेखि निरन्तर सुनुवाइ सुरु भएको थियो ।  आज प्रतिवादी कोसी प्रदेश सरकार पक्षको बहस हुनेछ । बुधबार (भोलि)सम्म आदेश हुन सक्ने अपेक्षा गरिएको निवेदक एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की पक्षका एक वकिलले बताए । ...
कोसी प्रदेश सरकारविरुद्धको रिट : निवेदकको बहस सकियो, प्रतिवादीको भोलि

कोसी प्रदेश सरकारविरुद्धको रिट : निवेदकको बहस सकियो, प्रतिवादीको भोलि

राजनीति
काठमाडौं । कोसी प्रदेश सरकारविरुद्ध नेकपा (एमाले)को रिटमा निवेदक पक्षको बहस सकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा आजदेखि निरन्तर सुनुवाइ सुरु भएको हो । अब मंगलबार प्रतिवादी कोसी सरकारका पक्षको बहस हुनेछ । बुधबारसम्म आदेश हुन सक्ने अपेक्षा गरिएको निवेदक एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीपक्षका एक वकिलले बताए । ...
जसपाले गर्‍यो केन्द्रीय कार्यालय समिति सदस्यहरूको कार्यविभाजन

जसपाले गर्‍यो केन्द्रीय कार्यालय समिति सदस्यहरूको कार्यविभाजन

राजनीति
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यालय समिति सदस्यहरुको कार्यविभाजन गरिएको छ । पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य परशुराम बस्नेत अध्यक्ष रहेको पाँच सदस्यीय केन्द्रीय कार्यालय समितिको बैठकले सदस्यहरुको कार्यविभाजन गरेको हो । जसअनुसार प्रशासनिक कार्यसञ्चालन तथा केन्द्रीय कार्यालय व्यवस्थापनको जिम्मेवारी चन्देश्वरप्रसाद सिंह र ई. देवनारायण यादवलाई दिइएको छ । केन्द्रीय निकाय, संयन्त्र, मातहत निकायको सम्पर्क तथा जनसम्पर्कका लागि पेशल ढकाल र न्हुच्छेलाल महर्जनलाई तोकिएको छ । बैठकले केन्द्रीय कार्यालयका पूर्वप्रमुख प्रकाश अधिकारीसँग कार्यसम्पादन प्रकृया र उपलब्ध कागजातहरु बुझबुझारथ गर्ने निर्णय समेत गरेको छ । ...
संसद् र सरकारले पुरानै नियति दोहोर्‍याउला कि कर्मचारीलाई कानुन देला ?

संसद् र सरकारले पुरानै नियति दोहोर्‍याउला कि कर्मचारीलाई कानुन देला ?

राजनीति
काठमाडौं । राज्य सञ्चालन निम्ति प्रमुख औजार मानिन्छ, कर्मचारीतन्त्रलाई ।  अझ २०७२ निर्मित संविधानसँगै मुलुक संघीय शासन पद्धतिमा हिँड्यो, त्यही पद्धतिअनुरुप संघीय पद्धतिलाई हिँडाउने महत्वपूर्ण औजार ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धी’ कानुनका हकमा सरकार– संसद्‍बाट चरम लापरवाही प्रदर्शित हुन पुग्यो ।  जसले गर्दा कर्मचारीतन्त्र भताभुंग चालामा चल्न बाध्य छन् । उक्त ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धी’ विधेयक तीन वर्षसम्म संसद् र संसदीय समितिमा थन्कियो ।  दुई वर्षअघि संसदबाट सरकारले फिर्ता लियो । उसले उक्त विधेयक बेपर्वाह शैलीमा मन्त्रिपरिषद्‍मा अल्झायो । प्रधानमन्त्री पुष्पकमल दाहालले बल्ल–बल्ल मन्त्रिपरिषद्बाट पारित गराउँदै संसद्मा दर्ता गर्ने बताएका छन् ।  ‘‘उक्त विधेयकमा आवश्यक परिमार्जन गरी अन्तिम रुप दिइएको छ,’’ प...
राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतले पेस गरे ओहोदाको प्रमाणपत्र

राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतले पेस गरे ओहोदाको प्रमाणपत्र

राजनीति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न तीन देशका नवनियुक्त राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । सोमबार कतार, पेरु र कम्बोडियाका राजदूतले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् । कतारका आवासीय र पेरु र कम्बोडियाका गैरआवासीय राजदूत हुन् । राष्ट्रपति भवन शीतलनिवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उनीहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ । समारोहमा नेपाल सरकारका उच्चपदस्थ अधिकारी समेतको उपस्थिति थियो । नवनियुक्त राजदूतहरूलाई काठमाडौंस्थित होटेल र्‍याडिसनदेखि शीतलनिवाससम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको थियो । ...
राजतन्त्रकालीन ऐनले वर्तमान पर्यटन क्षेत्रको नेतृत्व गर्न सक्दैन : मन्त्री किराती

राजतन्त्रकालीन ऐनले वर्तमान पर्यटन क्षेत्रको नेतृत्व गर्न सक्दैन : मन्त्री किराती

राजनीति
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राजतन्त्रकालीन पर्यटन ऐनले वर्तमान पर्यटन क्षेत्रको नेतृत्व गर्न नसक्ने बताएका छन् । सोमबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा बोल्दै मन्त्री किरातीले वर्तमान पर्यटन ऐन, २०३५ सालको ऐन रहेको भन्दै उक्त ऐनलाई वर्तमान आवश्यकता अनुसार संशोधन गर्न सरकार लागेको बताए । सरकारले पर्यटन ऐनलाई समयसापेक्ष बनाउने गरी काम गरिरहेको बताए । मन्त्री किरातीले पर्वतारोहणको क्षेत्रको विकासका लागि आठ हजार मिटर उचाइबाट प्याराग्लाइडिङ गर्न सकिनेसहितको पर्यटन नियमावलीमा व्यवस्था राखेर पर्वतारोहणसम्बन्धी नियमावली संशोधन गर्न लागेको बताए । पर्यटन नियमावली संशोधन गरेर ग्लाइडरका लागि सहज बनाउने बताउँदै उनले पर्वतारोहण नियमावली संशोधन गर्दा आठ हजार मिटरमाथिको उचाइबाट प्याराग्लाइडिङ गर्दा सगरमाथाको मह...
अब न्यायाधीश नियुक्तिमा राजनीतिक भागबण्डा हुन्न : कानुनमन्त्री गुरुङ

अब न्यायाधीश नियुक्तिमा राजनीतिक भागबण्डा हुन्न : कानुनमन्त्री गुरुङ

राजनीति
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले अब न्यायाधीश नियुक्तिमा राजनीतिक भागबण्डा नहुने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तर कार्यक्रममा भाग लिँदै उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन् । बैठकमा सांसद प्रेम सुवालले सत्तासिन दलहरूबीचको भागबण्डामा न्यायाधीश नियुक्ति हुने गरेको छ नि ? भनेर प्रश्न गरेका थिए । मन्त्री गुरुङले न्यायाधीश नियुक्ति न्यायोचित ढंगले गर्ने कुरा भइरहेको भन्दै त्यसमा दलीय भागबण्डा नहुने बताए । उनले न्याय सम्पादनको कामलाई छिटो, छरितो बनाउन सरकार क्रियाशील रहेको दाबी समेत गरे । सर्वोच्च अदालत आफैँले पनि न्याय सम्पादनको कामलाई छिटो र छरितो बनाउन विभिन्न प्रयासहरू गरिरहेको उल्लेख गर्दै मन्त्री गुरुङले सरकारले त्यसका लागि आवश्यक कानुन र व्यवस्थापकीय प्रबन्ध पनि गरिरहेको बताए । उनले भने, "अब यो न्यायाधीश नियुक्त...
पर्यटनमन्त्रीले दायाबायाँ गरे नियमन र नियन्त्रण दुवै गर्छौं : सभापति यादव

पर्यटनमन्त्रीले दायाबायाँ गरे नियमन र नियन्त्रण दुवै गर्छौं : सभापति यादव

राजनीति
काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले पर्यटनमन्त्री सुदन किरातीलाई गलत काम नगर्न खबरदारी गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा बोल्दै सभापति यादवले यस्तो खबरदारी गरेका हुन् । उनले पर्यटनमन्त्री किरातीमा केही काम गरौं भन्ने जोस जाँगर देखिएको बताए । देश र जनताको लागि केही गर्छु भन्ने प्रयास मन्त्रीले गर्न खोज्दा समिति नीतिगत सुधार गर्न तयार रहेको बताए । मन्त्रीले पर्यटनसम्बधी नीतिहरू समयअनकुल बनाउनुपर्ने र त्यो देशको हितमा भए सामुहिक पहल गर्न समिति तयार रहेको बताए । सभापति यादवले समितिले मन्त्रीलाई राम्रो कामको लागि साथ पनि दिने र कहि दायाँबायाँ भयो भने नियमन र नियन्त्रण दुवै गर्ने बताए । ...
देउवाले शशांकलाई सभापतिमा अघि बढाउन खोजेपछि एक ढिक्का हुँदै इतर पक्ष

देउवाले शशांकलाई सभापतिमा अघि बढाउन खोजेपछि एक ढिक्का हुँदै इतर पक्ष

राजनीति
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भावी सभापतिमा शशांक कोइरालालाई अघि सार्न खोजेपछि इतर पक्ष एक ढिक्का बन्न थालेको छ।  १४ औं महाधिवेशनमा प्यानल बनाएर चुनाव लडेका शेखर कोइराला, गगन थापासँगै अर्कै प्यानलबाट महामन्त्री जितेका विश्वप्रकाश शर्मा र देउवाकै प्यानलबाट महामन्त्री उठेर पराजित भएका प्रदीप पौडेल अहिले एकै ठाउँमा उभिएका हुन्।  उनीहरूले आइतबार पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीको निवास बुढानिलकण्ठ इटालीटारमा पहिलो चरणको छलफल गरेका छन्।  छलफलमा सहमहामन्त्रीहरू बद्री पाण्डे र जीवन परियार, नेताहरू बलबहादुर केसी र दिलेन्द्रप्रसाद बडू पनि सहभागी थिए। आइतबारको छलफलमा अनुपस्थित शेखर भने अर्को चरणको छलफलमा सहभागी हुनेछन्।   संस्थापनइतरका अरू नेता २०७८ मंसिरको १४ औं महाधिवेशनमा पनि सँगैसँगै थिए। महामन्त्री शर्मा र केन्द्रीय सदस्य...
एमाले लुम्बिनी अधिवेशन : उमेदवार रिजालविरुद्ध उजुरी

एमाले लुम्बिनी अधिवेशन : उमेदवार रिजालविरुद्ध उजुरी

राजनीति
काठमाडौं । नेकपा (एमाले)को लुम्बिनी प्रदेश अध्यक्षका उमेदवार हरि रिजालविरुद्ध उजुरी परेको छ । राजुप्रसाद श्रेष्ठले रिजालको सदस्यता लुम्बिनी प्रदेशको सदस्यता सूचीमा नाम नरहेको भन्दै उमेदवारी खारेज गर्न माग गरेका छन् । “लुम्बिनी प्रदेश कमिटीको अध्यक्ष पदमा उमेदवारी दिएका हरिप्रसाद रिजालको लुम्बिनी प्रदेशअन्तर्गत रहेको सदस्यता सूचीमा नाम समावेश नदेखिएको हुँदा पार्टीको यो प्रदेश सदस्य नै नभएको व्यक्ति अधिवेशन प्रतिनिधि हुन र उमेदवार हुन नमिल्ने भएकाले उमेदवारी खारेज गरिपाउँ,” उजुरीमा भनिएको छ । एमाले लुम्बिनी प्रदेश अधिवेशनमा अहिले उमेदवारविरुद्ध उजुरीको समय दिइएको छ । प्युठानका रिजाल केन्द्रीय सदस्य हुन् । लुम्बिनी अध्यक्षका लागि राधाकृष्ण कँडेल पनि अध्यक्षको उमेदवार छन् । ...