२०८१ बैशाख ८

राजनीति

नेपाल सुहाउँदो समाजवादका लागि मोर्चा : नेत्रविक्रम चन्द

नेपाल सुहाउँदो समाजवादका लागि मोर्चा : नेत्रविक्रम चन्द

राजनीति
विराटनगर । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले समाजवादी मोर्चा गठन भएपछि विभिन्न टीकाटिप्पणी भएको बताएका छन् । समाजवादी मोर्चाले विराटनगरमा आयोजना गरेको सन्देश कार्यक्रममा उठेका तरंगले यसको गठन सही छ भन्ने प्रस्ट भएको बताए । "सयौँ पार्टी छन् क्रियाशील छन्, नेपाल पेचिलो विन्दुमा आएको छ, संवेदनशील अवस्थामा छ," उनले भने, "एक किसिमको उकुस मुकुस छ । पूर्वमा पहिचानको कुरा छ । युवा सन्तुष्ट छैनन् । देश जटिल संक्रमणको अवस्थामा छ ।" यसको सामना कसले गर्ने र कसले सच्याउने भन्दै चन्दले प्रश्न गरे । जहाँ उत्पीडन हुन्छ त्यहाँ आन्दोलन उठ्ने भन्दै यसको सामना गर्न तयार हुनुपर्ने बताए ।‌ उनले भने, "धार्मिक, सांस्कृतिक विरोध छन् । समाजवादी मोर्चा बनाउँदा टुक्रा टुक्रा आन्दोलनले समाधान हुँदैन । समग्र लक्ष्य पूरा गर्न मोर्चा बनेको हो ।" उनले पुरानो तरिकाले निकास ...
कोसी नामकरण विवाद : प्रधानमन्त्री  सहभागी सभाको ब्यानरमा प्रदेशको नाम नै छैन

कोसी नामकरण विवाद : प्रधानमन्त्री  सहभागी सभाको ब्यानरमा प्रदेशको नाम नै छैन

राजनीति
विराटनगर । समाजवादी मोर्चाले आज कोसी प्रदेशको विराटनगरमा सन्देशसभा आयोजना गरेको छ । विराटनगरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी कार्यक्रमको ब्यानरमा भने प्रदेशको नाम उल्लेख भएन ।  प्रदेशस्तरीय सन्देश सभामा प्रधानमन्त्री प्रचण्ड, पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द सहभागी छन् । समाजवादी मोर्चाले आयोजना गरेको कार्यक्रमको ब्यानरमा समाजवादी मोर्चा प्रदेश समिति मात्र उल्लेख गरिएको छ । तत्कालीन प्रदेश नं १ प्रदेससभाबाट फागुन १७ गते  प्रदेशको नाम पारित गराउँदा प्रधानमन्त्री प्रचण्डको पार्टी नेकपा (माओवादी केन्द्र)ले समेत पक्षमा मतदान गरेको थियो । तर, जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) पहिचानको मागसहित विपक्षमा थिए । मोर्चामा रहेका जसपा, एकीकृत समाजवादी, माओवादीका न...
प्रधानमन्त्रीसँग न्युयोर्क जाने टोली आधा छाँटियो, अब १२ जना मात्र जाने

प्रधानमन्त्रीसँग न्युयोर्क जाने टोली आधा छाँटियो, अब १२ जना मात्र जाने

राजनीति
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसंघको ७८औं महासभामा जाने नेपाली प्रतिनिधिमण्डलको संख्या आधा छाँटेका छन् ।यसअघि २४ सदस्यीय प्रतिनिधिमण्डल महासभामा भाग लिन भदौ ३० गते अमेरिकाको न्युयोर्क जाने तयारी गरिएको थियो ।परराष्ट्र मन्त्रालयले राष्ट्रसंघको महासभामा जाने व्यक्तिहरुको नाम छाँट्न गरेको अनुरोध प्रधानमन्त्रीले स्वीकारेपछि संख्या आधा घटाइएको हो । “प्रधानमन्त्रीको नेतृत्वमा राष्ट्रसंघको महासभामा भाग लिन जाने नेपाली प्रतिनिधिण्डलको संख्या आधा घटाइएको छ,” प्रधानमन्त्री प्रचण्डको सचिवालय स्रोतले भन्यो, “अब नेपालबाट जाने टोली १२ जना जतिको मात्र हुनेछ ।”अनावश्यक भ्रमण नगर्ने र अनावश्यक व्यक्तिलाई भ्रमण दलमा सहभागी नगराउने नीतिअनुसार संख्या घटाइएको स्रोतले बतायो । प्रधानमन्त्री प्रचण्ड राष्ट्रसंघको ७८औं महासभामा भाग लिन भदौ ३० गते अमेरिकाको न्युय...
सद्भाव बिथोल्न द्वन्द्व पैदा गर्ने प्रयास भयो : गृहमन्त्री

सद्भाव बिथोल्न द्वन्द्व पैदा गर्ने प्रयास भयो : गृहमन्त्री

राजनीति
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सद्भाव र सहिष्णुताको मौलिक विशेषतामा आक्रमण गर्ने प्रयास भइरहेको बताएका छन् । सोमबार ललितपुरमा ज्यापु समाज यलले आयोजना गरेको कार्यक्रममा उनले जातीय एवं धार्मिक सद्भाव बिथोल्न द्वन्द्व पैदा गर्ने प्रयास भइरहेको भन्दै सचेत हुनुपर्नेमा जोड दिए । नेपाली समाजको मौलिक परम्परा बिगार्न खोज्ने षड्यन्त्रलाई सफल हुन नदिने उनले बताए । राजनीतिक परिवर्तनसँगै आधारभूत आवश्यकता पूरा होस् भन्ने जनताको आकांक्षा रहेको भन्दै गृहमन्त्री श्रेष्ठले यसप्रति सरकार गम्भीर भएर काम गरिरहेको जिकिर गरे । सरकारको कार्यभार विकास र समृद्धितर्फ अघि बढ्नु भएको उनले उल्लेख गरे । उनले भ्रष्टाचार अन्त्य नभएसम्म सुशासन कायम हुन नसक्ने बताए । सरकारले अघि बढाएको भ्रष्टाचारविरुद्धको अभियान नरोकिने उनको भनाइ छ । सुशासनको अभियानलाई सफल पार्न नदिने नयाँ ष...
समाजवादी मोर्चाको सभा आज विराटनगरमा 

समाजवादी मोर्चाको सभा आज विराटनगरमा 

राजनीति
काठमाडौं । समाजवादी मोर्चाले आज कोसी प्रदेशमा सभा गर्दै छ । मोर्चाले आज विराटनगरमा सभा गर्न लागेको हो । सभा सवा १२ बजे हुने मोर्चाले जनाएको छ ।  सभालाई प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्दले सम्बोधन गर्नेछन् ।  मोर्चाले यसअघि मधेस, लुम्बिनी, कर्णाली, गण्डकी र वाग्मती प्रदेशमा सभा गरिसकेको छ । असार ४ गते गठन भएको समाजवादी मोर्चाले देशभर संयुक्त सभा गर्दै आएको छ ।    ...
कोसी प्रदेशका नौ महिना : मुख्यमन्त्री चार र नौपल्ट मन्त्रिमण्डल हेरफेर

कोसी प्रदेशका नौ महिना : मुख्यमन्त्री चार र नौपल्ट मन्त्रिमण्डल हेरफेर

राजनीति
विराटनगर । प्रदेशसभाको दोस्रो निर्वाचनपछि कोसी प्रदेशमा गएको पुस २४ गते नेकपा (एमाले) संसदीय दलका नेता हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भए । उनलाई नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा)ले समेत समर्थन गरेका थिए । ९३ मध्ये ६० सांसदको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले पुस २५ गते मन्त्रिमण्डल विस्तार गरे । त्यसयता यहाँ चारपटक मुख्यमन्त्री र १५ मन्त्री फेरिएका छन् । यो अवधिमा नौपटक मन्त्रिमण्डल हेरफेर गरिएको छ । पछिल्लोपल्ट गठित सरकारले समेत विश्वासको मत प्राप्त गर्ने/नगर्ने टुंगो छैन । पुस २४ गते बलियो बहुमतसहित गठित कार्की नेतृत्वको सरकार असार १५ गते ढल्यो । कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न सकेनन् । एमालेबाहेक राप्रपाले मात्र साथ दिँदा उनले ४६ मत पाए । प्रदेशसभाको विश्वास प्राप्त गर्न ४७ मत आवश्यक थियो...
श्रम गन्तव्य देशका नेपाली राजदूत र कूटनीतिक नियोग प्रतिनिधिहरूको बैठक बस्दै

श्रम गन्तव्य देशका नेपाली राजदूत र कूटनीतिक नियोग प्रतिनिधिहरूको बैठक बस्दै

राजनीति
काठमाडौं । नेपालका श्रम गन्तव्य देशका नेपाली राजदूत र कूटनीतिक नियोग प्रतिनिधिहरूको बैठक आजबाट सुरु हुँदै छ । काठमाडौंमा आज र भोलि दुई दिन चल्ने बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएका हुन् ।  प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार बैठक श्रम गन्तव्यलाई कसरी सुरक्षित बनाउने, मानव तस्करीलाई कसरी रोक्ने भन्ने विषयमा केन्द्रित हुनेछ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ ।  प्रधानमन्त्री प्रचण्डले अध्यक्षता गर्ने बैठकमा श्रम तथा रोजगार मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरूको सक्रिय सहभागिता रहने छ । बैठकमा १२ देशका १३ स्थानबाट राजदूत र नियोग प्रमुखलाई काठमाडौं बोलाइएको छ ।  ...
समाजवादी मोर्चाको कोशी, बागमती र सुदूरपश्चिम सभा भदौ २४ देखि  

समाजवादी मोर्चाको कोशी, बागमती र सुदूरपश्चिम सभा भदौ २४ देखि  

राजनीति
समाजवादी मोर्चा नेपालले बाँकी रहेका तीन प्रदेशमा पनि सन्देश सभा गर्न मिति तय गरेको छ।  मोर्चाको पूर्वघोषित कार्यक्रमअनुसार बागमती, कोशी र सुदूरपश्चिम प्रदेशमा सन्देश सभा गर्न बाँकी छ।  तीमध्ये भदौ २४ बागमती प्रदेशमा, भदौ २५ गते कोशीमा तथा भदौ २६ गते सुदूरपश्चिममा सन्देश सभा गर्न कार्यतालिका तय गरिएको मोर्चाका सदस्यसचिव प्रमेश हमालले जानकारी दिए। मोर्चाले यसअघि गण्डकी, मधेस, लुम्बिनी र कर्णालीमा प्रदेशस्तरीय सभा सम्पन्न गरिसकेको छ। बागमतीको हेटौँडामा र सुदूरपश्चिमको धनगढीमा हुने सभाको संयोजन नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले गर्ने छ। कोशीको विराटनगरमा गरिने कार्यक्रमको संयोजन जनता समाजवादी पार्टीले गर्ने तालिका छ। मोर्चामा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा  (एकीकृत समाजवादी) र  नेपाल कम्युनिष्ट पार्टी आवद्ध...
मानव बेचबिखन तथा ओसारपसार विरूद्धको कदम प्रभावकारी हुन सकेनः ओली

मानव बेचबिखन तथा ओसारपसार विरूद्धको कदम प्रभावकारी हुन सकेनः ओली

राजनीति
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्नमाथि कारबाही र पीडितको उद्धार गरी स्वदेश फिर्ती गर्ने काम प्रभावकारी हुन नसकेको बताएका छन् । मानव बेचविखनविरूद्धको १७ ‌औं राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै ओलीले अन्तरदेशीय संगठित अपराधका रूपमा रहेको मानव बेचबिखन तथा ओसारपसारका घटना अहिले पनि कम हुन नसकेको बताएका हुन्। मानव बेचबिखन तथा ओसारपसार न्यूनिकरण र निराकरणका लागि चालिएको कदम प्रभावकारी नभएको ओलीको भनाइ छ। ‘त्यस्ता कार्यमा संलग्नलाई कानूनको दायरामा ल्याएर दण्डित गर्न र पीडित/प्रभावितको उद्धार, स्वदेश फिर्ती, पुनःस्थापना, पुनर्मिलन र राहत तथा क्षतिपूर्ति प्रदान गर्ने काम प्रभावकारी हुन सकेको छैन,’ सन्देशमा उनले भनेका छन्। समाजमा रहेको गरिबी, बेरोजगारी र पछौटेपनको फाइदा अपराधजन्य कार्यमा संलग्न पक्षले उठाइरहेको ओलीले बताए...
कृषिमन्त्री भन्छन्– नेपालले कोदो उत्पादन बढाउनुपर्छ

कृषिमन्त्री भन्छन्– नेपालले कोदो उत्पादन बढाउनुपर्छ

देश, राजनीति, समाचार
काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसालले नेपालले कोदो उत्पादन बढाउनुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको पहाडी भूभाग कोदो उत्पादनका लागि उर्वर रहेको भन्दै कोदो उत्पादन गरी विदेशमा निर्यात गर्न सक्नुपर्ने बताए । बाँदर आतंकबाट पनि अन्य अन्नबालीको तुलनामा कोदोलाई कम क्षति हुने भएकाले कोदोको उत्पादन गर्न उनको आग्रह छ । सरकारले पनि कोदो उत्पादनलाई बढावा दिने गरी काम गरिरहेको उल्लेख गर्दै उनले कोदो स्वास्थ्यका लागि लाभदायी रहेको बताए । समाजमा खानपानमा आएको परिवर्तनसँगै स्वस्थताको कमी हुँदै गइरहेको समयमा प्राकृतिक कृषितर्फ र प्राकृतिक खानपानतर्फ मानिसहरुले रुचि राखिरहेको उनले बताए । खाद्यान्न वृद्धि गर्ने नेपालको अभियानलाई अगाडि बढाउन कोदो उत्पादन मुख्य सावित हुनसक्ने बताउँदै उनले जलवायु परिवर्तनको क्षेत...