२०८३ असार २४

राजनीति

माओवादी र नेसपाले दिए एकल चुनाव चिह्नका लागि निवेदन

माओवादी र नेसपाले दिए एकल चुनाव चिह्नका लागि निवेदन

राजनीति
काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा) ले एकल चिह्नमा चुनाव लड्न निवेदन दिएका छन् । दुई पार्टीका नेताहरू निर्वाचन आयोग पुगेर एकल चिह्नमा चुनाव लड्न निवेदन दिएका हुन् । डा. बाबुराम भट्टराई नेतृत्वको नेसपाले माओवादी केन्द्रको चुनाव चिह्न गोलाकारभित्रको हँसिया हथौडामा चुनाव लड्नका लागि निवेदन दिइएको हो । आगामी मंसिर ४ गते प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । ...
सत्ता गठबन्धनको कार्यदल बैठक जारी

सत्ता गठबन्धनको कार्यदल बैठक जारी

राजनीति
काठमाडौं । सत्ता गठबन्धन कार्यदलको बैठक बालुवाटारमा जारी छ । आगामी निर्वाचनमा सत्ता गठबन्धनका दलहरूबीच सिट बाँडफाँट कसरी गर्ने भन्ने विषय टुंग्याउन कांग्रेस नेता कृष्ण सिटौलाको नेतृत्वमा दोस्रो तहका नेताहरू सम्मिलित कार्यदल गठन भएको छ । कार्यदलमा गत शुक्रबार आआफ्ना पार्टीमा छलफल गरेर अडानसहित आजको उपस्थित हुने सहमति भएको थियो ।  यसबीचमा गठबन्धन दलका शीर्ष नेताहरूको बैठक बसेपनि कार्यदलको प्रस्ताव आएपछि मात्र छलफल गर्ने भन्दै आइतबार महँगी नियन्त्रण र काठमाडौंका फोहोर व्यवस्थापन गर्न आग्रह गर्ने मात्र निर्णय थियो । ...
नागरिकता विधेयकमा राजनीति : संसद्ले जस्ताको तस्तै विधेयक पठाए के हुन्छ ?

नागरिकता विधेयकमा राजनीति : संसद्ले जस्ताको तस्तै विधेयक पठाए के हुन्छ ?

राजनीति
काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले १५ दिन कुरेर नागरिकता विधेयक संसद्मा फिर्ता पठाइदिएपछि राष्ट्रपति र संसद्बीचनै द्वन्द्वको संकेत देखिएको छ । राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गर्दा प्रतिपक्षी एमालेले स्वागत गरेको छ भने बाँकी सत्ता गठबन्धन र गठबन्धनमा नरहेका लोकतान्त्रिक समाजवादी पार्टीसम्मले विरोध जनाएका छन् ।  नागरिकता होस् वा अन्य विधेयक राष्ट्रपतिलाई संविधानले नै पुनर्विचारका लागि फिर्ता पठाउने अधिकार दिएको छ  । तर, एउटै प्रावधान राखिएको नागरिकता अध्यादेश केपी शर्मा ओलीले जारी गर्दा उही दिन प्रमाणित गरेर लागू गर्ने तर त्यही प्रावधान संसद्ले पारित गरेर पठाउँदा १५ दिनसम्म रोकेर नौवटा प्रश्न सोध्दै फिर्ता पठाएपछि राष्ट्रपतिको नियतमा प्रश्न उठाइएको सत्तारुढ दलका एक सांसदको प्रतिक्रिया छ ।  सोमबार कांग्रेस महामन्त्रीसमेत रहेका सांसद गगन थापाले रा...
काठमाडौं २ मा राप्रपाको उमेदवारमा कुन्ती पोखरेलको दाबी

काठमाडौं २ मा राप्रपाको उमेदवारमा कुन्ती पोखरेलको दाबी

राजनीति
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको शनिवार भएको बृहत् भेलामा केन्द्रीय सदस्य कुन्ती पोखरेलले पार्टीको टिकट दाबी गर्दै आफूले राप्रपालाई काठमाण्डौंको दुइ नंबर क्षेत्रबाट विजयी गराउने विश्वास व्यक्त गरेकी छिन् ।  आफ्नो दलको एजेण्डा संवैधानिक राजतन्त्र तथा हिन्दु राष्ट्रलाई स्थापित गर्ने र यो विचारलाई अहिले विपक्षी दलहरूले पनि स्विकार्दै गएको पनि उनले दाबी गरेकी छिन् । यस मामलामा राप्रपासँग एमाले नजिक रहेको भन्दै पोखरेलले एमाले अध्यक्ष केपी ओलीको प्रशंसा पनि गरिन् । उक्त अवसरमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय सदस्य पोख्रेलले उम्मेदवारीका लागि इच्छा देखाएकोमा खुसी व्यक्त गरे । उनले भने ‘म एकदमै खुसी छु कुनै बेला उम्मेदवार नपाएर हैरान हुन्थ्यो । अब खुलेर म उम्मेदवार बन्छु भन्नेहरूको संख्या बढेको छ । पार्टीको नीति, आन्तरिक छलफल, अन्य कमिटीहरूको सिफार...
‘गठबन्धनका भरमा चुनाव जितिन्छ भनेर ढुक्क हुने अवस्था छैन’ 

‘गठबन्धनका भरमा चुनाव जितिन्छ भनेर ढुक्क हुने अवस्था छैन’ 

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा न्यायपूर्ण तरिकाले टिकट वितरण गरिने बताएका छन् ।  नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा सोमबार ललितपुरमा आयोजित अभिमुखीकरण कार्यक्रम उद्घाटन गर्दै देउवाले पार्टी गठबन्धनका साथ चुनाव लड्न लागे पनि कसैलाई काखा, कसैलाई पाखा र भेदभाव नगरी न्यायपूर्ण तरिकाले टिकट वितरण गरिने बताए ।  देउवाले आगामी निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गरेर कांग्रेसलाई ठूलो पार्टी बनाउन सवै क्रियाशिल हुनुपर्ने धारणा राखे ।  गठबन्धनलाई सँगसँगै लैजानुपर्ने अवस्था रहेको भन्दै देउवाले गठबन्धनका भरमा चुनाव जितिन्छ भनेर ढुक्क हुने अवस्था नरहेको जिकिर गरे । देउवाले संघीयतापछि सिंहदरबार गाउँ–गाउँमा पुर्याउने भनिए पनि जनता निराश देखिएकाले जनताप्रति समर्पित भएर काम गर्न का...
शासक होइन सेवक भएर जनताको काम गर्न प्रधानमन्त्रीको निर्देशन 

शासक होइन सेवक भएर जनताको काम गर्न प्रधानमन्त्रीको निर्देशन 

राजनीति
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह लोकतन्त्रको पहिलो पाठशाला भएको बताउँदै लोकतन्त्रलाई जगैदेखि मजबुत बनाउन स्थानीय तहदेखि नै कुशल र दुरदर्शी नेतृत्वको छनोट हुन आवश्यक रहेको बताएका छन् । उनले जनताको सबैभन्दा नजिकैको सरकार स्थानीय तह भएकाले जनताको दुःख सुखमा महलमपट्टी लगाउन सक्ने गरी काम गर्न स्थानीय जनप्रतिनिधिलाई आग्रह गरे । “तपाईंहरूले जति चुस्त र प्रभावकारी तवरले सार्वजनिक सेवा प्रवाह गर्न सक्नुभयो, जति प्रभावकारी तवरले विकास निर्माणका कार्यलाई अघि बढाउनसक्नु भयो, जनताले त्यति धेरै सुशासनको अनुभूति गर्न पाउँछन्,” उनले भने, “जनताको सरकारप्रतिको भरोसा र विश्वास पनि बढ्छ । अतः यस कुरालाई गम्भीरतासाथ मनन गरी तपाईंहरूले काम गर्ने अपेक्षा लिएको छु ।”  स्थानीय तह निर्वाचन–२०७९ मा पार्टीको तर्फबाट निर्वाचित जिल्ला समन्वय ...
संसद्मा गणपूरक संख्या पुग्न छोडेकोप्रति सभामुख असन्तुष्ट

संसद्मा गणपूरक संख्या पुग्न छोडेकोप्रति सभामुख असन्तुष्ट

राजनीति
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद्मा विधेयक पास गर्ने बेलामा गणपूरक संख्या पुग्न छोडेको भन्दै असन्तुष्टि जनाएका छन् । सोमबार संघीय संसद् सचिवालयमा आयोजित ‘संसद्मा कानुन, न्याय तथा मानव अधिकार समिति : अभ्यास र उपलब्धि’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले पछिल्ला दिन संसद्मा गणपूरक संख्या नपुगेकोप्रति असन्तुष्टि जनाएका हुन् ।  पछिल्लो समय संसद्मा हाजिर गरेर सांसदरू बाहिरिने गरेपछि विधेयक पास गर्न गणपूरक संख्या पुग्न छोडेको छ । आएतबार प्रतिनिधिसभाको बैठकमा समेत विधेयक पास गर्नका लागि सांसदरूको गणपूरक संख्या नपुग्दा मंगलबारसम्मका लागि बैठक स्थगित गर्नुपरेको थियो । उनले संसद्लाई जनतामा जोड्नका लागि धेरै परिश्रम गर्नुपरेको उल्लेख गर्दै सांसदहरू अनुपस्थित भइदिँदा जनमुखी विधेयकहरू प्रमाणीकरण र पास गर्न संसद्लाई अप्ठ्यारो भइरहेको बताए । सभाम...
सिट बाँडफाँटको प्रतिवेदन छिटो तयार गर्न कार्यदललाई गठबन्धनको निर्देशन

सिट बाँडफाँटको प्रतिवेदन छिटो तयार गर्न कार्यदललाई गठबन्धनको निर्देशन

राजनीति
काठमाडौं । सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि गठित कार्यदललाई छिटो प्रतिवेदन तयार गर्न निर्देशन दिएको छ ।बालुवाटारमा आइतबार बसेको गठबन्धनको बैठकले केही दिनअघि गठन गरिएको सिट बाँडफाँट व्यवस्थापन समितिलाई चाँडो भन्दा चाँडो कार्य सम्पन्न गर्न निर्देशन दिएको कांग्रेस नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।  त्यस्तै, बैठकले काठमाडौं उपत्यकामा केही दिनदेखि फोहरमैला व्यवस्थापन हुन नसक्दा देखिएको समस्यालाई समाधान गर्नका लागि तत्काल आवश्यक पहलकदमी गर्न सुझाव दिने निर्णय गरेको छ । मूल्यवृद्धि नियन्त्रणका लागि अनुगमन व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउन सुझाव दिने निर्णय भएको कार्कीले बताए । काठमाडौं उपत्यकाको फाल्ने स्थान बन्चरेडाँडामा बिभिन्न समस्या हुँदा फोहर उठ्न सकेको छैन । प्रमुख प्रतिपक्षी दलले पनि काठमाडौंको फोहर व्यवस्थापन गर्न सडक र संस...
विवेकशीलको अन्तरिम कार्यसमितिको अध्यक्षमा समीक्षा बास्कोटा, संयोजकमा सञ्जीव भट्टराई

विवेकशीलको अन्तरिम कार्यसमितिको अध्यक्षमा समीक्षा बास्कोटा, संयोजकमा सञ्जीव भट्टराई

राजनीति
काठमाडौं । विवेकशील साझा पार्टीले अन्तरिम कार्यसमिति गठन गरेको छ । अन्तरिम कार्यसमितिको अध्यक्षमा समीक्षा बास्कोटा चयन भएकी छन् । संयोजकको जिम्मेवारी सञ्जीव भट्टराईले पाएका छन् । आइतबार बसेको केन्द्रीय समिति बैठकले उनीहरूलाई जिम्मेवारी तोकेको विवेकशील साझाका एक केन्द्रीय सदस्यले जानकारी दिए । यो समिति मंसिर ४ गते हुने निर्वाचनमा दल दर्ता प्रयोजनका लागि गठन भएको हो । विवेकशील साझाले औपचारिक रूपमा पार्टीको अध्यक्षसहित पदाधिकारीहरू भने विशेष भेला वा महाधिवेशनबाट नै चयन गर्ने तयारी गरेको छ । यस्तै आजको बैठकले रविन्द्र मिश्रले अध्यक्ष पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ । ...
लुम्बिनी प्रदेश कांग्रेसको निर्णय : स्थलगत रिपोर्टिङका लागि ५२ निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाउने 

लुम्बिनी प्रदेश कांग्रेसको निर्णय : स्थलगत रिपोर्टिङका लागि ५२ निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाउने 

राजनीति
काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिले प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा प्रदेशभर पार्टी जिताउन प्रतिनिधि खटाउने निर्णय गरेको छ । समितिको आइतबार बसेको बैठकले चुनावी माहोल सिर्जना गरी पार्टीको स्थलगत रिपोर्टिङको लागि ५२ वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाउने निर्णय गरेको हो ।  यस्तै बैठकले विधानमा तोकिएको भन्दा १२ वटा थप विभाग गठन गर्ने निर्णय गरेको छ । पार्टी विधानअनुसार प्रदेशमा २१ वटा विभाग गठन गर्नुपर्ने हुन्छ । साथै बैठकले पार्टीको कोष बाँडफाँट गर्दा स्थानीय र प्रदेश तहका समितिका लागि लेवी वृद्धि गर्ने निर्णय गरेको सभापति अमरसिंह पुनले जानकारी दिए ।  यी हुन् बैठकका निर्णयहरू : १. पार्टीको कोष बाँडफाँट गर्दा स्थानीय र प्रदेश तहका समितिका लागि लेवी वृद्धि गर्ने, २. नेपाली कांग्रेसको पक्षमा चुनावी मा...