२०८१ बैशाख १५

‘गठबन्धनका भरमा चुनाव जितिन्छ भनेर ढुक्क हुने अवस्था छैन’ 




काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा न्यायपूर्ण तरिकाले टिकट वितरण गरिने बताएका छन् । 



Advertisement



नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा सोमबार ललितपुरमा आयोजित अभिमुखीकरण कार्यक्रम उद्घाटन गर्दै देउवाले पार्टी गठबन्धनका साथ चुनाव लड्न लागे पनि कसैलाई काखा, कसैलाई पाखा र भेदभाव नगरी न्यायपूर्ण तरिकाले टिकट वितरण गरिने बताए । 

देउवाले आगामी निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गरेर कांग्रेसलाई ठूलो पार्टी बनाउन सवै क्रियाशिल हुनुपर्ने धारणा राखे । 

गठबन्धनलाई सँगसँगै लैजानुपर्ने अवस्था रहेको भन्दै देउवाले गठबन्धनका भरमा चुनाव जितिन्छ भनेर ढुक्क हुने अवस्था नरहेको जिकिर गरे । देउवाले संघीयतापछि सिंहदरबार गाउँ–गाउँमा पुर्याउने भनिए पनि जनता निराश देखिएकाले जनताप्रति समर्पित भएर काम गर्न कार्यकर्तालाई निर्देशन दिए । 

Copy link
Powered by Social Snap