२०८० चैत्र १६

लुम्बिनी प्रदेश कांग्रेसको निर्णय : स्थलगत रिपोर्टिङका लागि ५२ निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाउने 




काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिले प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा प्रदेशभर पार्टी जिताउन प्रतिनिधि खटाउने निर्णय गरेको छ ।



Advertisement



समितिको आइतबार बसेको बैठकले चुनावी माहोल सिर्जना गरी पार्टीको स्थलगत रिपोर्टिङको लागि ५२ वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाउने निर्णय गरेको हो । 

यस्तै बैठकले विधानमा तोकिएको भन्दा १२ वटा थप विभाग गठन गर्ने निर्णय गरेको छ । पार्टी विधानअनुसार प्रदेशमा २१ वटा विभाग गठन गर्नुपर्ने हुन्छ ।

साथै बैठकले पार्टीको कोष बाँडफाँट गर्दा स्थानीय र प्रदेश तहका समितिका लागि लेवी वृद्धि गर्ने निर्णय गरेको सभापति अमरसिंह पुनले जानकारी दिए । 

यी हुन् बैठकका निर्णयहरू :

१. पार्टीको कोष बाँडफाँट गर्दा स्थानीय र प्रदेश तहका समितिका लागि लेवी वृद्धि गर्ने, 
२. नेपाली कांग्रेसको पक्षमा चुनावी माहोल सिर्जना गरी पार्टीको स्थलगत रिपोर्टिङको लागि लुम्बिनी प्रदेशका ५२ वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाउने,
३. स्थानीय तहको निर्वाचनमा कांग्रेस नेतृत्वको गठबन्धनले अपेक्षाकृत नतिजा प्राप्त गरेको निष्कर्ष,
४. विधानमा तोकिएको भन्दा १२ वटा थप विभाग गठन गर्ने,
५. स्थानीय तह निर्वाचको मताभार, पार्टीको संगठनको परिस्थिति र राष्ट्रिय आवश्यकता बमोजिम लुम्बिनी प्रदेशको सम्पूर्ण भूगोलमा गठबन्धन गर्ने,
६. पार्टीको नीति, घोषणा पत्र, आर्थिक नीति, योजना तर्जुमा, संघीयताको सबलीकरण, स्थानीय शासन प्रणाली र जनता–स्थानीय सरकार र कांग्रेस विचको सन्तुलित सम्बन्ध स्थापित गर्नको लागी कांग्रेसको तर्फबाट गत स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरूको लागि प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम संचालन गर्ने ।

Copy link
Powered by Social Snap