२०८१ बैशाख ६

काठमाडौं २ मा राप्रपाको उमेदवारमा कुन्ती पोखरेलको दाबी




काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको शनिवार भएको बृहत् भेलामा केन्द्रीय सदस्य कुन्ती पोखरेलले पार्टीको टिकट दाबी गर्दै आफूले राप्रपालाई काठमाण्डौंको दुइ नंबर क्षेत्रबाट विजयी गराउने विश्वास व्यक्त गरेकी छिन् । 



Advertisement



आफ्नो दलको एजेण्डा संवैधानिक राजतन्त्र तथा हिन्दु राष्ट्रलाई स्थापित गर्ने र यो विचारलाई अहिले विपक्षी दलहरूले पनि स्विकार्दै गएको पनि उनले दाबी गरेकी छिन् । यस मामलामा राप्रपासँग एमाले नजिक रहेको भन्दै पोखरेलले एमाले अध्यक्ष केपी ओलीको प्रशंसा पनि गरिन् ।

उक्त अवसरमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय सदस्य पोख्रेलले उम्मेदवारीका लागि इच्छा देखाएकोमा खुसी व्यक्त गरे । उनले भने ‘म एकदमै खुसी छु कुनै बेला उम्मेदवार नपाएर हैरान हुन्थ्यो । अब खुलेर म उम्मेदवार बन्छु भन्नेहरूको संख्या बढेको छ । पार्टीको नीति, आन्तरिक छलफल, अन्य कमिटीहरूको सिफारिस सबै हेरेर उम्मेदवार निश्चित गर्नेछौँ ।

त्यस्तै, पार्टीका पूर्व अध्यक्ष पशुपति शमशेर राणाले राप्रपालाई छैटौँ, सातौँ पार्टी हुने छुट नभएको बताएका छन् । कार्यक्रममा बोल्दै उनले भने, “आजको आवश्यकता राप्रपा हो भन्ने जनताले बुझिसकेका छन् । जनता झुक्क्याउने, झुट बोल्नेहरूको खैर छैन । अब राप्रपालाई छैटौँ वा सातौँ पार्टी भएर कदापि उचित छैन ।”

Copy link
Powered by Social Snap