२०७९ आश्विन १०
Advertisement

Advertisement

सिट बाँडफाँटको प्रतिवेदन छिटो तयार गर्न कार्यदललाई गठबन्धनको निर्देशन

काठमाडौं । सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि गठित कार्यदललाई छिटो प्रतिवेदन तयार गर्न निर्देशन दिएको छ ।बालुवाटारमा आइतबार बसेको गठबन्धनको बैठकले केही दिनअघि गठन गरिएको सिट बाँडफाँट व्यवस्थापन समितिलाई चाँडो भन्दा चाँडो कार्य सम्पन्न गर्न निर्देशन दिएको कांग्रेस नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । 


Advertisement


त्यस्तै, बैठकले काठमाडौं उपत्यकामा केही दिनदेखि फोहरमैला व्यवस्थापन हुन नसक्दा देखिएको समस्यालाई समाधान गर्नका लागि तत्काल आवश्यक पहलकदमी गर्न सुझाव दिने निर्णय गरेको छ । मूल्यवृद्धि नियन्त्रणका लागि अनुगमन व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउन सुझाव दिने निर्णय भएको कार्कीले बताए ।

काठमाडौं उपत्यकाको फाल्ने स्थान बन्चरेडाँडामा बिभिन्न समस्या हुँदा फोहर उठ्न सकेको छैन । प्रमुख प्रतिपक्षी दलले पनि काठमाडौंको फोहर व्यवस्थापन गर्न सडक र संसद्मार्फत सरकारको ध्यानाकर्षण गराउँदै आएको छ ।

Copy link
Powered by Social Snap