२०८१ बैशाख ४

संसद्मा गणपूरक संख्या पुग्न छोडेकोप्रति सभामुख असन्तुष्ट




काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद्मा विधेयक पास गर्ने बेलामा गणपूरक संख्या पुग्न छोडेको भन्दै असन्तुष्टि जनाएका छन् । सोमबार संघीय संसद् सचिवालयमा आयोजित ‘संसद्मा कानुन, न्याय तथा मानव अधिकार समिति : अभ्यास र उपलब्धि’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले पछिल्ला दिन संसद्मा गणपूरक संख्या नपुगेकोप्रति असन्तुष्टि जनाएका हुन् । 



Advertisement



पछिल्लो समय संसद्मा हाजिर गरेर सांसदरू बाहिरिने गरेपछि विधेयक पास गर्न गणपूरक संख्या पुग्न छोडेको छ । आएतबार प्रतिनिधिसभाको बैठकमा समेत विधेयक पास गर्नका लागि सांसदरूको गणपूरक संख्या नपुग्दा मंगलबारसम्मका लागि बैठक स्थगित गर्नुपरेको थियो ।

उनले संसद्लाई जनतामा जोड्नका लागि धेरै परिश्रम गर्नुपरेको उल्लेख गर्दै सांसदहरू अनुपस्थित भइदिँदा जनमुखी विधेयकहरू प्रमाणीकरण र पास गर्न संसद्लाई अप्ठ्यारो भइरहेको बताए ।

सभामुख सापकोटाले समितिमा पनि दोहोरोपन देखिएको टिप्पणी गरे । उनले समितिले दिएका निर्देशन सरकारले किन लागु गरेन भन्ने भन्दापनि देशको धरातललाई बुझेर निर्णय भएको हो वा होइन भन्ने कुरा स्वयं समितिले आत्मालोचना गर्नुपर्ने बताए । 

Copy link
Powered by Social Snap