२०८२ चैत्र २०

राजनीति

शेखरले भने– किसानको समस्या बुझेको छ, तीनै तहका सरकारसमक्ष पहल गर्छु

शेखरले भने– किसानको समस्या बुझेको छ, तीनै तहका सरकारसमक्ष पहल गर्छु

राजनीति
काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले किसानसँग संवाद गरेका छन् । बुधबार पर्साको सुवर्णपुरमा कांग्रेस नेताहरू सञ्जय गौतम र रामकृष्ण यादवका साथ उनले किसानहरूसँग छलफल गरेका हुन् । त्यसक्रममा किसानले बाली लगाउने समयमा मलखादको अभाव र चर्को मूल्यवृद्धिको विषय उठाएका थिए । किसानले खेतीका लागि आवश्यक पानी र नहरको स्थायी व्यवस्थाका लागि पहल गरिदिन पनि माग गरे । नेता डा. कोइरालाले किसानको समस्या आफूले नजिकबाट बुझेको भन्दै गुनासो सम्बोधनका लागि तीनै तहका सरकारसमक्ष पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । ...
राजा राखेरै देशलाई समृद्ध बनाउन सकिन्छ : राजेन्द्र लिङ्देन

राजा राखेरै देशलाई समृद्ध बनाउन सकिन्छ : राजेन्द्र लिङ्देन

राजनीति
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजा राखेरै देशलाई समृद्ध बनाउन सकिने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा लिङ्देनले राजादेखि कोही डराउनुनपर्ने बताए । यसका लागि मुलुकको वर्तमान शासन व्यवस्था नै परिवर्तन गर्नुपर्ने उनको भनाइ छ ।  उनले देशमा पूर्णसमानुपातिक संसद्, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीका साथै अभिभावकीय भूमिकामा राजा रहनुपर्ने बताए । देशको बोझको रूपमा रहेको प्रदेशको संरचना खारेज गर्ने, भ्रष्ट नेताहरूलाई छानबिनको दायरामा ल्याएर कारबाही गर्नुपर्ने उनले बताए । उनले स्वतन्त्रताको नाममा अभिभावकविहीन ढंगले कुनै काम गरे दुर्घटनामात्र हुने तर्क गरे । ...
निमोनिया देखिएपछि कांग्रेस नेता प्रदिप गिरि अस्पताल भर्ना 

निमोनिया देखिएपछि कांग्रेस नेता प्रदिप गिरि अस्पताल भर्ना 

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदिप गिरि अस्पताल भर्ना भएका छन् ।  उनलाई निमोनियाको संक्रमण भएपछि मेडिसिटी अस्पताल भर्ना गरिएको छ । “उहाँलाई आज निमोनिया देखिएपछि अस्पताल भर्ना गरिएको हो,” पत्रकार किशोर नेपालले भने, “डाक्टरले उहाँको स्वास्थ्य सुधार हुँदैछ भोलिसम्म हामी भेट गर्न दिन्छौँ भनेको छ ।” उनले आफूले गिरिलाई भेट गरेर फर्किएको जानकारी दिए । क्यान्सर पीडित गिरीले लामो समय भारतमा उपचार गराएका थिए । उनी आइतबार मात्र नेपाल फर्किएको पत्रकार नेपालले जानकारी दिए ।  ...
स्थानीय निवार्चनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च, अघिल्लो निर्वाचनभन्दा २२५ ले कम 

स्थानीय निवार्चनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च, अघिल्लो निर्वाचनभन्दा २२५ ले कम 

राजनीति
काठमाडौं । गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च भएको छ । निर्वाचन आयोगले आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको विवरणमा प्रतिमतदाता २८४ खर्च पर्न गएको उल्लेख छ ।  आयोगका  प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार निर्वाचनमा पाँच अर्ब ४३ करोड ३९ लाख दुई हजार ७६ खर्च भएको छ । यस निर्वाचनमा प्रतिमतदानकेन्द्र दुई लाख २९ हजार ५७ रुपैयाँ खर्च भएको आयोगले जनाएको छ । यो निर्वाचन मितव्ययी भएको आयोगको निष्कर्ष छ ।  आयोगकाअनुसार २०७४ को स्थानीय निर्वाचनमा प्रतिमतदाता ५०९ रुपैयाँ खर्च भएको थियो । अघिल्लो निर्वाचनको तुलनामा हालको निर्वाचनमा प्रतिमतदाता २२५ रुपैयाँ कम खर्च भएको छ ।  ...
वडामा एमालेभन्दा कांग्रेस एक लाख ४४ हजार मतले अगाडि, अरू कसको कति ?

वडामा एमालेभन्दा कांग्रेस एक लाख ४४ हजार मतले अगाडि, अरू कसको कति ?

राजनीति
काठमाडौं  । गएको वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षतर्फ नेपाली कांग्रेसले सबैभन्दा बढी मत पाएको छ । निर्वाचन आयोगले आज सार्वजनिक गरेको तथ्यांकअनुसार कांग्रेसले ६ हजार ७४३ वडाबाट ३९ लाख ५६ हजार १९३ मत प्राप्त गरेको छ  । आयोगको तथ्याकअनुसार जुन कुल मतको ३४.२८ प्रतिशत हो । एमालेले कांग्रेसभन्दा एक लाख ४४ हजार ५९१ मत कम पाएको तथ्यांकमा उल्लेख छ ।  नेकपा (एमाले)ले खसेको मतमध्ये ३८ लाख ११ हजार ६०२ मत पाएको छ । यो कुल मतको ३३.०३ प्रतिशत हो ।  त्यसैगरी नेकपा (माओवादी केन्द्र)ले एमाले पाएको मतभन्दा आधा मत पाउन नसकेको आयोगको तथ्यांकले देखाउँछ । उसले १५ लाख तीन हजार २४७ मत पाएको छ । ...
स्थानीय निर्वाचनमा पाँच अर्ब चार करोड खर्च, तीन अर्ब सरकारलाई फिर्ता

स्थानीय निर्वाचनमा पाँच अर्ब चार करोड खर्च, तीन अर्ब सरकारलाई फिर्ता

राजनीति
काठमाडौं । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा पाँच अर्ब चार करोड तीन लाख ९३ हजार खर्च भएको छ । निर्वाचन आयोगले आज पत्रकार सम्मेलन गरेर खर्च विवरण सार्वजनिक गरेको हो । जसअनुसार आयोगले तीन अर्ब ६ लाख सात हजार १२४ सरकार लाई फिर्ता गरेको जानकारी दिएको छ । आयोगले सरकारसँग ८ अर्ब ११ करोड माग गरेको थियो ।  ...
संसद् बैठकमा मास्क लगाउन सभामुखको आग्रह

संसद् बैठकमा मास्क लगाउन सभामुखको आग्रह

राजनीति
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कोरोना संक्रमण पुनः बढ्दै गएको भन्दै मास्क प्रयोग गर्न आग्रह गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा सभामुख सापकोटाले कोभिड–१९ को संक्रमणदर पुनः बढ्दै गएको भन्दै संसद् बैठकमा उपस्थित हुँदा मास्क प्रयोग गर्न आग्रह गरे । उनले आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरे । पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । तीन हजारभन्दा बढी संक्रमित आइसोलेसनमा छन् । ...
देउवाविरुद्ध नाराबाजी गर्ने तीनजना रिहा

देउवाविरुद्ध नाराबाजी गर्ने तीनजना रिहा

राजनीति
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नाराबाजी गर्ने तीनजना युवा रिहा भएका छन् ।  उनीहरुले प्रधानमन्त्री देउवा सहभागी कार्यक्रममा एमसीसी पास गरेको भन्दै नाराबाजी गरेका थिए । नागरिकता विधेयकको पनि उनीहरुले विरोध गरेका थिए । तीनैजना युवा मंगलबार रिहा भएका हुन् । 
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक पारित 

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक पारित 

राजनीति
काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकबाट मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७९ पारित भएको छ । विधेयक सर्वसम्मतिले पारित गरिएको हो । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ पेस गरेको विधेयक ध्वनि मतका आधारमा पारित गरियो ।
राजश्व अध्ययन कार्यदल गठन गर्ने निर्णय प्रदेश एक सरकारको निर्णय

राजश्व अध्ययन कार्यदल गठन गर्ने निर्णय प्रदेश एक सरकारको निर्णय

राजनीति
विराटनगर । प्रदेश नम्बर एक सरकारले राजश्व अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेको छ । प्रदेश सरकारको मन्त्रिपरिषद् आज बसेको बैठकले विज्ञसहितको कार्यदल गठन गर्ने निर्णय गरेको हो । प्रदेश एकका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले सरकारले गरेका निर्णयबारे जानकारी दिंदै भने,“राजश्वको दायरा फराकिलो पार्न र सरकारको आय बढाउनेलगायत विषयमा कार्यदलले काम गर्नेछ ।” मन्त्रिपरिषद्ले महालेखा परीक्षकको १४ औं वार्षिक प्रतिवेदन प्रदेश प्रमुखकहाँ पेश गर्ने, जनतासँग मुख्यमन्त्री कार्यक्रमको कार्यविधि २०७९ स्विकृत गर्ने निर्णय पनि गरेको छ । पूर्ववर्ती सरकारले कार्यविधिबिनै पहिले संचार कार्यक्रम संचालन हुँदा बेरुजू देखिएकोले कार्यविधि बनाइएको मन्त्री कार्कीले सुनाए । यो टेलिभिजन तथा रेडियो कार्यक्रम उत्पादन नेपाल टेलिभिजन र रेडियो नेपालले गर्ने र अन्य संचारमाध्यमले प्रसारण गर्...