२०८० चैत्र १६

विवेकशीलको अन्तरिम कार्यसमितिको अध्यक्षमा समीक्षा बास्कोटा, संयोजकमा सञ्जीव भट्टराई




काठमाडौं । विवेकशील साझा पार्टीले अन्तरिम कार्यसमिति गठन गरेको छ । अन्तरिम कार्यसमितिको अध्यक्षमा समीक्षा बास्कोटा चयन भएकी छन् । संयोजकको जिम्मेवारी सञ्जीव भट्टराईले पाएका छन् ।



Advertisement



आइतबार बसेको केन्द्रीय समिति बैठकले उनीहरूलाई जिम्मेवारी तोकेको विवेकशील साझाका एक केन्द्रीय सदस्यले जानकारी दिए ।

यो समिति मंसिर ४ गते हुने निर्वाचनमा दल दर्ता प्रयोजनका लागि गठन भएको हो । विवेकशील साझाले औपचारिक रूपमा पार्टीको अध्यक्षसहित पदाधिकारीहरू भने विशेष भेला वा महाधिवेशनबाट नै चयन गर्ने तयारी गरेको छ ।

यस्तै आजको बैठकले रविन्द्र मिश्रले अध्यक्ष पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ ।

Copy link
Powered by Social Snap