कानुनविद्ले दिएका ८ विकल्प : सिधै कानुन मान्नेदेखि उपराष्ट्रपतिबाट प्रमाणीकरण गर्नेसम्म
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चालेको पछिल्लो कदमबारे सत्ता गठबन्धनले कानुनविद्हरूसँग परामर्श गरेको छ । राष्ट्रपतिले नागरकता विधेयक प्रमाणीकरण नगरेपछि प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेताहरूले आज बालुवाटारमा बोलाएर कानुनविद्हरूसँग छलफल गरेका हुन् ।
उनीहरूले गठबन्धनलाई फरकफरक विकल्प दिएका छन् । वरिष्ठ अधिवक्ता शम्भु थापाका अनुसार कानुनविद्हरूले विषेशगरी आठवटा विकल्प दिएका छन् ।
१. संसद्बाट दोस्रो पटक पारित भएको विधेयक १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्छ । प्रमाणीकरण नभएपछि स्वतः कानुन हुन्छ र कानुन मन्त्रालयले राजपत्रमा प्रकाशित गर्दा हुन्छ ।
२. प्रमाणीकरण कहीँ न कहीँ हुनैपर्छ भन्ने व्यवस्था छ । प्रमाणीकरण गरेकै हुनुपर्छ भन्ने धारणा । राष्ट्रपतिको पहिलो पटक प्रयोग गर्न पाउने भिटो प्रयोगको अधिकार सकियो । दोस्रोपटक भि...









