२०८१ बैशाख १४

भारतीय सेनाध्यक्ष पाण्डेले गरे बसन्तपुर दरबार स्क्वायर अवलोकन




प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणमा नेपालको पाँचदिने औपचारिक भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डेले बुधबार काठमाडौंको बसन्तपुरस्थित दरबार स्क्वायरको अवलोकन भ्रमण गरेका छन्। 



Advertisement



त्यसअघि उनले बुधबार बिहान पोखरास्थित सेनाको मध्यकमाण्ड हेडक्वार्टरको निरीक्षण भ्रमण गरेका थिए। उनी त्यहाँ आयोजित एक समारोहमा सरिक पनि भएका थिए। 

सोमबार उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथी दर्जा प्राप्त गरेका थिए।



मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग उनले शिष्टाचार भेट गरेका थिए भने साँझ पशुपतिनाथको दर्शन गरेका थिए।

यस्तै उनले शिवपुरीस्थित नेपाली सेनाको कमाण्ड तथा स्टाफ कलेजको समेत भ्रमण गरे। आइतबार नेपाल आएका उनी बिहीबार नेपालस्थित भारतीय राजदूतावासको भ्रमण गरी स्वदेश फर्किने कार्यक्रम छ।

Copy link
Powered by Social Snap