२०८१ बैशाख १३

शेखर कोइरालाको चेतावनी– कांग्रेसले १०० सिट नलिए पार्टीभित्र विद्रोह हुन्छ




काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले एकसय भन्दा कम  सिटमा गठबन्धनमा सहमति गरे पार्टीभित्र विद्रोह हुने चेतावनी दिएका छन् । 



Advertisement



बुधबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग बोल्दै उनले गठबन्धनभित्र सहमतिमा कांग्रेसले एक सय सिट लिनुपर्ने बताए । उनले संस्थापन पक्षले न्यायोचित ढंगबाट आफूहरूलाई टिकट नदिए पनि विद्रोह हुने बताए ।



“सय सिटमा पनि कांग्रेसभित्र व्यवस्थापन गर्न गाह्रो छ । त्योभन्दा कम पाए स्थिति भयावह हुन्छ,” उनले भने, “कांग्रेसभित्र विद्रोह हुन सक्छ । विद्रोह भए गठबन्धनको औचित्य समाप्त हुन्छ ।”

उनले अगाडि भने, “न्यायोचित ढंगबाट टिकट वितरण हाम्रो पार्टीभित्र पनि हुनुपर्‍यो । सँगै गठबन्धनमा १०० सिट भन्दा कम भयो भने विद्रोह र विग्रह कांग्रेसमा हुन्छ ।”

नेता कोइरालाले गठबन्धनमा अझै सिटको विषयमा सहमति नभएकाले तत्काल आपत्ति जनाउनुपर्ने अवस्था आइनसकेको बताए ।

Copy link
Powered by Social Snap