२०८१ बैशाख ४

काठमाडौं महानगरको शिक्षा सल्लाहकारमा रेशु अर्याल नियुक्त




काठमाडौं महानगरपालिकाको शिक्षा सल्लाहकारमा रेशु अर्याल नियुक्त भएकी छन्।



Advertisement



प्रमुखस्तरीय निर्णयबाट उनी नियुक्त भएको महानगरपालिकाले जनाएको छ।

अर्याल सामाजिक अभियन्ता हुन्। उनले सिंगापुरको नेसनल इन्स्टिच्युट अफ एजुकेसनबाट स्नातक र कोलम्बिया विश्वविद्यालयको टिचर्स कलेजबाट शैक्षिक सुधारका लागि नेतृत्व विषयमा स्नातकोत्तर गरेकी छन्।

महानगरका अनुसार सन् २०१७ मा शिक्षा क्षेत्रमा योगदान गरे बापत सिंगापुरको नेसनल इन्स्टिच्युट अफ एजुकेसनले अर्याललाई  प्रतिष्ठित पुरस्कारबाट पुरस्कृत पनि गरेको थियो।



अर्याल टिच फर नेपालकी संस्थापक बोर्ड सदस्य पनि हुन् जसले पाँच वर्ष अध्यक्षका रूपमा जिम्मेवारी सम्हालेकी थिइन्। उनी अहिले नेतृत्व परिषदको सदस्य छिन्।

सन् २०१७ को सेप्टेम्बरदेखि २०२२ को मार्चसम्म उनी फुल ब्राइटको कार्यकारी निर्देशक थिइन्। उनी हवेली आउटडोर लर्निङ सेन्टरका संस्थापक निर्देशक पनि हुन्।

Copy link
Powered by Social Snap