२०८३ असार २२

राजनीति

दसैं शुभकामनामा नेताहरूको चुनावी सन्देश

दसैं शुभकामनामा नेताहरूको चुनावी सन्देश

राजनीति
काठमाडौँ — नेपालमा यो वर्ष दसैंसँगै लोकतन्त्रको उत्सव मानिने आम निर्वाचनको प्रक्रिया पनि चलिरहेको छ । एकातिर निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन कार्यतालिकाअनुसार प्रक्रिया अगाडि बढाइरहेको छ भने अर्कोतर्फ दसैंको माहौलले गाउँसहरमा रौनक छ । दसैं मनाउन विदेश र सहरबाट गाउँघर पुगेकाहरूबीच चुनावी चर्चा पनि हुन थालेको छ । राजनीतिक दलका नेता र कार्यकर्ताहरू मतदातालाई आफ्नो पक्षमा पार्न दसैंलाई अवसरका रूपमा प्रयोग गरिरहेका छन् । दसैंका अवसरमा राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूले शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेर आफ्ना एजेन्डा जनतामाझ राखिरहेका छन् । दसैंको माहोललाई राजनीतिमय बनाउनका लागि राजनीतिक दलका शीर्ष नेताहरू पनि गाउँघरतिर कार्यक्रम गरिरहेका छन् । दसैंकै माहोलमा प्रतिनिधिसभा र प्रदेश सभाका प्रत्यक्षतर्फका उम्मेदवारहरूको छनोट गर्न पनि रा...
राष्ट्रपति भण्डारीद्वारा महानवमीको अवसरमा कन्या पूजा

राष्ट्रपति भण्डारीद्वारा महानवमीको अवसरमा कन्या पूजा

राजनीति
काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले नवदुर्गाको अवतारस्वरुप मंगलबार महानवमीको दिन कन्याको पूजा गरेकी छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारीले कन्या पूजा गरेकी हुन् । राष्ट्रपतिले कन्य पूजा गर्नका लागि राष्ट्रपति कार्यालय शीतल निवासमा विशेष समारोहको आयोजना गरिएको थियो । राष्ट्रपति भण्डारीले नवकन्यालाई नवदुर्गाको स्वरुप मानेर पूजा गरेकी हुन् । सो अवसरमा राष्ट्रपति भण्डारीले नौजना कन्याको गोडा धोएर, टीका लगाई, उपहार प्रदान गरेकी थिइन् । ती कन्याहरूलाई बालमन्दिरबाट लगिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । दसैं पर्वका अवसरमा महानवमीको दिनमा राष्ट्रपतिले नवकन्याको पूजा प्रत्येक वर्ष गर्दै आएकी छन् । समारोहको अन्त्यमा कन्याहरुले नृत्यसमेत गरेका थिए । ...
मतदातालाई सूचनामा सम्पन्न बनाउँदै निर्वाचन आयोग

मतदातालाई सूचनामा सम्पन्न बनाउँदै निर्वाचन आयोग

राजनीति
काठमाडाैं । के तपाई मतदाता नामावलीमा आफ्नो नाम छ भन्नेमा ढुक्क हुनुहुन्छ ? आफ्नो मतदानस्थल कहाँ पर्छ भन्ने जिज्ञासा छ ? छ भने सजिलै थाहा पाउनुहुनेछ । निर्वाचन आयोगले आफ्नो वेभसाइट www.election.gov.np मा सबै मतदाताको क्रम सङ्ख्या, मतदाता नम्बर, मतदानस्थल, मतदाताको आमा बुबा र पति वा पत्नीको नामसहितको विवरण सार्वजनिक गरेको छ । यहाँ आफ्नो मात्र होइन अरूको मतदाता नामावली पनि सम्बन्धित प्रदेश, जिल्ला पालिका र मतदानस्थलअन्तर्गत खोजी गर्दा भेट्न सक्नुहुनेछ । फोटो र सम्पर्क नम्बरसहितको मतदाता नामावली भने आयोगले सिलबन्दी गरेर सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचनका समयमा पठाउनेछ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि आयोगले मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेका मतदाताको विवरण गत भदौ ३१ गते स्वीकृत गरी अन्तिम मतदाता प्रकाशन ग...
निर्वाचन पर्यवेक्षकले के गर्न हुन्छ के हुँदैन ?

निर्वाचन पर्यवेक्षकले के गर्न हुन्छ के हुँदैन ?

राजनीति
काठमाडौं । निर्वाचन आयोगले निर्वाचन पर्यवेक्षकका रूपमा सहभागी हुँदा राजनीतिक दल वा उमेदवारको समर्थन गर्न नहुने बताएको छ । उमेदवारको समर्थन वा विरोध हुने गरी पर्यवेक्षकले निर्वाचन चिह्न अंकित ब्याज लगाउन वा अन्य कुनै माध्यमद्वारा प्रचारप्रसार वा प्रदर्शन गर्न नहुने आयोगले जनाएको छ ।  निर्वाचन अधिकृत वा आयोगले निर्वाचनको अन्तिम परिणाम घोषणा गर्नुअघि उमेदवार विजयी भएको सूचना सम्प्रेषण गर्न वा गराउन नहुने जनाएको आयोगले राजनीतिक दल, उमेदवार, कर्मचारी वा अन्य व्यक्तिसँग नगद वा जिन्सी वा उपहार वा अन्य कुनै सामान लेनदेन गर्न नहुने स्पष्ट पारेको छ ।  सुरक्षा संवेदनशील स्थानमा पर्यवेक्षण गर्न नहुने, निर्वाचनलाई प्रभावित पार्ने कुनै सूचना प्रवाह गर्न वा वक्तव्य दिन वा अवाञ्छित क्रियाकलाप गर्न नहुने आयोगले जनाएको छ ।  पर्यवेक्षकले पर्यवेक्षक परिचयपत्र सबैले देख्न...
गठबन्धनमा भागबन्डा मिलाउन बैठक बस्दै

गठबन्धनमा भागबन्डा मिलाउन बैठक बस्दै

राजनीति
काठमाडौं । पाँच दलीय गठबन्धनको बैठक सिट बाँडफाँडका लागि आज पनि बैठक बस्दै छ । सोमबार बसेको बैठक पनि निष्कर्षविहीन बनेपछि आज पुनः बैठक बस्न लागेको राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेलले जानकारी दिएकी छन् ।  उनका अनुसार आज बिहान सुरुमा आन्तरिक बैठक बसेर ११ बजे फेरि पाँचै दलका शीर्ष नेताहरूबीच बैठक बस्नेछ । हिजो साँझसम्म सिट बाँडफाँटमा ठोष प्रगति हुन नसकेको उनको भनाइ छ । आजको बैठकबाट अन्तिम टुंगो लगाउने तयारी दलहरूको छ ।  सिट बाँडफाँटका लागि सत्तारूढ पाँच दलीय गठबन्धनले ११ सदस्यीय कार्यदल गठन गरेको असोज २० गते दुई महिना पुग्दै छ । गएको साउन २० गते कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वका सिट बाँडफाँटका लागि कार्यदल गठन गरिएको थियो । त्यतिबेला साउन अन्तिमसम्म सिट बाँडफाँटको टुंगो लगाउने भनिएको थियो । तर, दुई महिना पुगिसक्दा पनि गठबन्धनले भागबन्डा मिलाउन स...
विवेकशील साझाका निवर्तमान प्रवक्ता पाठकले पनि दिए राजीनामा

विवेकशील साझाका निवर्तमान प्रवक्ता पाठकले पनि दिए राजीनामा

राजनीति
काठमाडौं । विवेकशील साझा पार्टीका निवर्तमान प्रवक्ता शरदराज पाठकले पार्टीको सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन् ।  सोमबार पाठकले पार्टी अध्यक्ष समीक्षा बास्टकोटालाई राजीनामा पत्र बुझाएका हुन् । "०७४ सालमा विवेकशील साझा पार्टी स्थापना पश्चात् विभिन्न नेतृत्वदायी जिम्मेवारी निर्वाह गर्दै आएकोमा म शरदराज पाठक आजको मितिदेखि साधारण सदस्यसमेत नरहने गरी राजीनामा पेस गर्दछु," उनको राजीनामापत्रमा भनिएको छ । कार्यसम्पादन समिति सदस्यसमेत रहेका पाठक पूर्वअध्यक्ष रवीन्द्र मिश्र निकट मानिन्छन् । ...
केपी ओली दसैँ मनाउन झापामा, बुवाको हातबाट टीका थाप्ने

केपी ओली दसैँ मनाउन झापामा, बुवाको हातबाट टीका थाप्ने

राजनीति
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन् । अध्यक्ष ओली दसैँ मनाउन पत्नी राधिका शाक्यसहित झापा पुगेका हुन् । अध्यक्ष ओलीले मंगलबार झापामा दसैँ तिहार, छठलगायतका पर्वहरूको अवसर शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेका छन् । ओलीले यसपालिको टीका झापामै ग्रहण गर्ने कार्यक्रम छ । झापाको भद्रपुर नगरपालिकास्थित पृथ्वीनगरमा टीकाको शुभसाइतमा बुवा मोहनप्रसाद ओलीको हातबाट उनले टीका ग्रहण गर्ने कार्यक्रम छ । त्यसैदिन ओली काठमाडौं फर्किने तय भएको छ । ...
कृष्णबहादुर महराको नाम समानुपातिकको सूचीबाट हटाइयो

कृष्णबहादुर महराको नाम समानुपातिकको सूचीबाट हटाइयो

राजनीति
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराको नाम समानुपातिकको बन्द सूचीबाट हटाइएको छ । महराकै आग्रहमा समानुपातिक सूचीबाट उनको नाम हटाइएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए । उनको नाम समानुपातिक सूचीमा समेटिएपछि आलोचना भएको थियो । महरा प्रत्यक्षबाटै चुनाव लड्ने मनिस्थितिमा रहेको ती नेताले बताए ।  महरा ०७४ सालको निर्वाचनमा दाङबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । उनी पटकपटक मन्त्री र एकपटक सभामुख भइसकेका छन् । ...
गठबन्धनका नेतालाई प्रश्न– आज सहमति जुट्ने सम्भावना हो ?

गठबन्धनका नेतालाई प्रश्न– आज सहमति जुट्ने सम्भावना हो ?

राजनीति
काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरूबीच आज बिहानदेखि छलफल जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भइरहेको छ । उनीहरूबीचको छलफल सिट बाँडफाँटमा केन्द्रित छ । आसन्न निर्वाचनका लागि गठबन्धनभित्र सिट बाँडफाँटको टुंगो लगाउन नेताहरू छलफलमा जुटेका हुन् । तर, सहमति भइसकेको छैन ।  गठबन्धनमा आबद्ध दल राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले सहमति हुन बाँकी नै रहेको बताए । सिट बाँडफाँटको टुंगो लगाउन गठबन्धनभित्र कार्यदल पनि गठन गरिएको छ । कार्यदलभित्र पनि सहमति नजुटेको उनको भनाइ छ । अहिले गठबन्धनका शीर्ष नेताहरूबीच छलफल भइरहेको उनले जानकारी दिए । आज सहमति जुट्ने सम्भावना हो ? भन्ने प्रश्नमा उनले भने, “खोइ, केही भन्न सकिँदैन । कार्यदलमा पनि सहमति भएको छैन । शीर्ष तहमा अहिले छलफल भइरहेको छ ।” सिट बाँडफाँटको टुंगो लगाउन उनीहरू केही समययत...
छक्कबहादुर लामा एमाले प्रवेश

छक्कबहादुर लामा एमाले प्रवेश

राजनीति
काठमाडौं । छक्कबहादुर लामा एमाले प्रवेश गरेका छन् । ०७४ को निर्वाचनमा स्वतन्त्रबाट निर्वाचित भएका उनी नेकपा फुटेपछि माओवादीमा गएका थिए ।  उनले आफू सांसद पाउने लोभमा एमालेमा नगएको दाबी गरेका छन् । “म सांसद पाउँछु भनेर एमाले प्रवेश गरेको होइन” उनले भने ।  माओवादीमा बौद्धिकता र परिपक्वताको कदद नभएको उनले बताएका छन् । “माओवादीमा परिपक्वताको कदर भएन । काँचा मान्छेलाई माथि पुर्याउने तर योगदान गरेकालाई अवसरबाट बञ्चित गराउने काम भयो,” उनले भने, “त्यो विभेद सहेर म बच्चाहरु भन्दा तल बस्ने कुरा पनि भएन ।” निर्णय प्रक्रियामा गुटबन्दी गरेको भन्दै उनले माओवादीमा पारदर्शिता नरहेको आरोप लगाए ।  ...