२०८१ बैशाख ८

कृष्णबहादुर महराको नाम समानुपातिकको सूचीबाट हटाइयो




काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराको नाम समानुपातिकको बन्द सूचीबाट हटाइएको छ ।



Advertisement



महराकै आग्रहमा समानुपातिक सूचीबाट उनको नाम हटाइएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।



उनको नाम समानुपातिक सूचीमा समेटिएपछि आलोचना भएको थियो । महरा प्रत्यक्षबाटै चुनाव लड्ने मनिस्थितिमा रहेको ती नेताले बताए । 

महरा ०७४ सालको निर्वाचनमा दाङबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । उनी पटकपटक मन्त्री र एकपटक सभामुख भइसकेका छन् ।

Copy link
Powered by Social Snap