२०८१ बैशाख ७

विवेकशील साझाका निवर्तमान प्रवक्ता पाठकले पनि दिए राजीनामा




काठमाडौं । विवेकशील साझा पार्टीका निवर्तमान प्रवक्ता शरदराज पाठकले पार्टीको सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन् । 



Advertisement



सोमबार पाठकले पार्टी अध्यक्ष समीक्षा बास्टकोटालाई राजीनामा पत्र बुझाएका हुन् ।

“०७४ सालमा विवेकशील साझा पार्टी स्थापना पश्चात् विभिन्न नेतृत्वदायी जिम्मेवारी निर्वाह गर्दै आएकोमा म शरदराज पाठक आजको मितिदेखि साधारण सदस्यसमेत नरहने गरी राजीनामा पेस गर्दछु,” उनको राजीनामापत्रमा भनिएको छ ।



कार्यसम्पादन समिति सदस्यसमेत रहेका पाठक पूर्वअध्यक्ष रवीन्द्र मिश्र निकट मानिन्छन् ।

Copy link
Powered by Social Snap