२०८१ बैशाख १४

राष्ट्रपति भण्डारीद्वारा महानवमीको अवसरमा कन्या पूजा




काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले नवदुर्गाको अवतारस्वरुप मंगलबार महानवमीको दिन कन्याको पूजा गरेकी छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारीले कन्या पूजा गरेकी हुन् ।



Advertisement



राष्ट्रपतिले कन्य पूजा गर्नका लागि राष्ट्रपति कार्यालय शीतल निवासमा विशेष समारोहको आयोजना गरिएको थियो ।



राष्ट्रपति भण्डारीले नवकन्यालाई नवदुर्गाको स्वरुप मानेर पूजा गरेकी हुन् । सो अवसरमा राष्ट्रपति भण्डारीले नौजना कन्याको गोडा धोएर, टीका लगाई, उपहार प्रदान गरेकी थिइन् । ती कन्याहरूलाई बालमन्दिरबाट लगिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । दसैं पर्वका अवसरमा महानवमीको दिनमा राष्ट्रपतिले नवकन्याको पूजा प्रत्येक वर्ष गर्दै आएकी छन् ।

समारोहको अन्त्यमा कन्याहरुले नृत्यसमेत गरेका थिए ।

Copy link
Powered by Social Snap