डा. बाबुराम भट्टराई चुनाव नलड्ने
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आशन्न निर्वाचनमा चुनाव नलड्ने भएका छन् । आफ्नो ठाउँले सक्षम र जिम्मेवार व्यक्तिको नेतृत्व पाउने पनि उनले अपेक्षा गरेका छन् ।
“म सबै गोरखाली दिदीबहिनी दाजुभाइहरूलाई विश्वास दिलाउन चाहन्छु मेरो ठाउॅमा तपाईंहरूले अझै सक्षम र जिम्मेवार व्यक्तिको नेतृत्व पाउनुहुनेछ र गोरखाको विकासको गतिले अझै तीब्रता पाउनेछ । म त्यहॅा साथमा हुनेछु,” डा. भट्टराईले चुनाव नलड्ने स्पष्ट पार्दै भनेका छन्, “चुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन । कतिपय मानिसले जानेर नजानेर त्यस्तो सोच्न र भन्न सक्छन् । सत्तादेखि सत्ता र चुनावदेखि चुनावसम्मको राजनीति गर्नेहरूले त्यसो भन्नु अन्यथा हैन ।”
सही र असल राजनीति भनेको समाजको सर्वतोमुखी अग्रगामी रूपान्तरण र जनता तथा समाजको सेवा गर्ने साधन रहेको पनि उनले बताएका छन् । “म त्यसमा विश्वास गर्छु र आजीवन त्यह...









