२०८० चैत्र १६

केपी ओली दसैँ मनाउन झापामा, बुवाको हातबाट टीका थाप्ने




काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन् । अध्यक्ष ओली दसैँ मनाउन पत्नी राधिका शाक्यसहित झापा पुगेका हुन् ।



Advertisement



अध्यक्ष ओलीले मंगलबार झापामा दसैँ तिहार, छठलगायतका पर्वहरूको अवसर शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेका छन् ।

ओलीले यसपालिको टीका झापामै ग्रहण गर्ने कार्यक्रम छ ।



झापाको भद्रपुर नगरपालिकास्थित पृथ्वीनगरमा टीकाको शुभसाइतमा बुवा मोहनप्रसाद ओलीको हातबाट उनले टीका ग्रहण गर्ने कार्यक्रम छ । त्यसैदिन ओली काठमाडौं फर्किने तय भएको छ ।

Copy link
Powered by Social Snap