२०८१ बैशाख १४

छक्कबहादुर लामा एमाले प्रवेश




काठमाडौं । छक्कबहादुर लामा एमाले प्रवेश गरेका छन् । ०७४ को निर्वाचनमा स्वतन्त्रबाट निर्वाचित भएका उनी नेकपा फुटेपछि माओवादीमा गएका थिए । 



Advertisement



उनले आफू सांसद पाउने लोभमा एमालेमा नगएको दाबी गरेका छन् । “म सांसद पाउँछु भनेर एमाले प्रवेश गरेको होइन” उनले भने । 



माओवादीमा बौद्धिकता र परिपक्वताको कदद नभएको उनले बताएका छन् । “माओवादीमा परिपक्वताको कदर भएन । काँचा मान्छेलाई माथि पुर्याउने तर योगदान गरेकालाई अवसरबाट बञ्चित गराउने काम भयो,” उनले भने, “त्यो विभेद सहेर म बच्चाहरु भन्दा तल बस्ने कुरा पनि भएन ।”

निर्णय प्रक्रियामा गुटबन्दी गरेको भन्दै उनले माओवादीमा पारदर्शिता नरहेको आरोप लगाए । 

Copy link
Powered by Social Snap