२०८१ बैशाख १३

गठबन्धनका नेतालाई प्रश्न– आज सहमति जुट्ने सम्भावना हो ?




काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरूबीच आज बिहानदेखि छलफल जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भइरहेको छ ।



Advertisement



उनीहरूबीचको छलफल सिट बाँडफाँटमा केन्द्रित छ । आसन्न निर्वाचनका लागि गठबन्धनभित्र सिट बाँडफाँटको टुंगो लगाउन नेताहरू छलफलमा जुटेका हुन् । तर, सहमति भइसकेको छैन । 

गठबन्धनमा आबद्ध दल राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले सहमति हुन बाँकी नै रहेको बताए । सिट बाँडफाँटको टुंगो लगाउन गठबन्धनभित्र कार्यदल पनि गठन गरिएको छ । कार्यदलभित्र पनि सहमति नजुटेको उनको भनाइ छ ।

अहिले गठबन्धनका शीर्ष नेताहरूबीच छलफल भइरहेको उनले जानकारी दिए ।



आज सहमति जुट्ने सम्भावना हो ? भन्ने प्रश्नमा उनले भने, “खोइ, केही भन्न सकिँदैन । कार्यदलमा पनि सहमति भएको छैन । शीर्ष तहमा अहिले छलफल भइरहेको छ ।”

सिट बाँडफाँटको टुंगो लगाउन उनीहरू केही समययता निरन्तर छलफलमा जुटेका छन् । तर, कुनै निष्कर्षमा पुगेका छैनन् ।

निर्वाचन आयोगले यही असोज २३ गते प्रत्यक्षतर्फको उमेदवारी मनोनयन दर्ताको समय निर्धारण गरेको छ । आउँदो मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ ।

Copy link
Powered by Social Snap