२०८१ बैशाख १७

देश

कोसी सरकारविरुद्धको रिटको सुनुवाइ आइतबारलाई सारियो

कोसी सरकारविरुद्धको रिटको सुनुवाइ आइतबारलाई सारियो

देश, राजनीति, समाचार
काठमाडौं । कोसी सरकारविरुद्धको रिटको सुनुवाइ आइतबार (भदौ १७ गते)लाई सारिएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाले आज इजलासमा बस्न नमानेपछि शुक्रबारको निर्धारित सुनुवाइ स्थगित भएको थियो । त्यसपछि रिटको सुनुवाइ आइतबारको लागि सारिएको हो । शुक्रबार कोसी सरकारविरुद्धको रिटको सुनुवाइ न्यायाधीशद्वय ईश्वरीप्रसाद खतिवडा र सुष्मलता माथेमाको इजलासमा परेको थियो । रिटको प्रारम्भिक सुनुवाइको बेला आफूले धारणा राखिसकेको बताउँदै न्यायाधीश खतिवडाले शुक्रबार सुनुवाइ गर्न अस्वीकार गरेका थिए । ...
राष्ट्रसंघको महासभामा भाग लिन भदौ ३० गते न्युयोर्क जाँदै प्रधानमन्त्री प्रचण्ड 

राष्ट्रसंघको महासभामा भाग लिन भदौ ३० गते न्युयोर्क जाँदै प्रधानमन्त्री प्रचण्ड 

देश, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भाग लिन भदौ ३० गते अमेरिकाको न्युयोर्क जाने भएका छन् ।  राष्ट्रसंघको महासभामा प्रधानमन्त्री प्रचण्डले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले असोज ४ गते राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नेछन् ।  राष्ट्रसंघको महासभालाई सम्बोधन गरेपछि प्रधानमन्त्री प्रचण्ड असोज ५ गते न्युयोर्कबाट सिधै चीन प्रस्थान गर्नेछन् । प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण असोज ६ गतेबाट सुरु हुनेछ । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड सुरुमा चीनको हन्जाउमा हुन लागेको १९औँ एसियन खेलको उद्घाटन समारोहमा सहभागी हुनेछन् ।  एसियन खेल समारोहमा सहभागी भएपछि प्रधानमन्त्री बेइजिङ जानेछन् । बेइजिङमा उनले चिनियाँ समकक्षीसँग द्विपक्षीय वार्ता र चिनियाँ राष्ट्रपत...
कोसी प्रदेश सरकारविरुद्धको रिट खतिवडा र माथेमाको इजलासमा

कोसी प्रदेश सरकारविरुद्धको रिट खतिवडा र माथेमाको इजलासमा

देश, राजनीति, समाचार
काठमाडौं । कोसी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा दायर रिट आज न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मलता माथेमाको इजलासमा परेको छ । यही भदौ ६ गते नेकपा (एमाले) कोसी प्रदेशसभा संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा यसअघि नै अन्तरिम आदेश भएको छ । नेपाली कांगेस संसदीय दलका नेता उद्धवकुमार थापा नेतृत्वको सरकारलाई दीर्घकालीन असर गर्ने निर्णय नगर्न सर्वोच्चले आन्तरिम आदेश जारी गरेको हो । सोही दिन ईश्वरप्रसाद खतिवडाको इजलासले आजका लागि पेसी तोकेको थियो । रिटलाई अग्राधिकार प्रदान गरिएको छ । आज पनि खतिवडासहितको इजलासमा रिट परेको हो । ...
तातोपानी नाका आजदेखि सर्वसाधारणका लागि खुला

तातोपानी नाका आजदेखि सर्वसाधारणका लागि खुला

देश, समाचार
शुक्रबारबाट तातोपानी नाकामा स्थानीय सर्वसाधारणले आवतजावत गर्न पाउने भएका छन्। चिनियाँ अधिकारी र नेपाली अधिकारीहरूबीच गत मंगलबार तिब्बतको ल्हासामा भएको बैठकमा नाका आजदेखि सर्वसाधारणका लागि पनि खुलाउने सहमति भएको र सोही अनुसार नाका खुल्ने सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी (सिडओ) रमेश न्यौपानेले जानकारी दिए। नाका सञ्चालनबारे कुनै औपचारिक कार्यक्रम भने राखिएको छैन। सिडिओ न्यौपानेका अनुसार दुबै देशका नागरिकले आवतजावतका लागि पास पाउनेछन्। नेपालीका लागि उक्त पास कोदारीस्थित अध्यागमन विभागले जारी गर्छ। जिल्लाभित्रका नागरिकले पाउने पासको अवधि एक वर्ष हुन्छ। नाकामार्फत आवतजावत गर्नेहरुलाई निश्चित ठाउँसम्म पुग्ने अनुमति हुन्छ। तोकिएको ठाउँभन्दा अन्य ठाउँमा जान नपाउने सिडिओ न्यौपानेले जानकारी दिए। २०७२ सालको भुकम्पयता तातोपानी नाका बन्द हुँदै आएकोमा तीन महिनाअघिबाट...
समाजवादी मोर्चाले आज बुटवलमा सभा गर्दै

समाजवादी मोर्चाले आज बुटवलमा सभा गर्दै

देश, राजनीति, समाचार
समाजवादी मोर्चाले मंगलबार लुम्बिनी प्रदेशको बुटवलमा सभा आयोजना गर्दै छ। आज दिउँसो १ बजेबाट सभा सुरू हुने सभामा शीर्ष नेताले सम्बोधन गर्ने जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य राजकिशोर साहले जानकारी दिए। बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र जसपाका केन्द्रीय कार्यकारिणी सदस्य राजकिशोर साहले सम्बोधन गर्ने कार्यक्रम छ। जसपा अध्यक्ष उपेन्द्र यादव भारतमा रहेकाले राजकिशोरले सम्बोधन गर्न लागेका हुन्। बुटवलको सभाको व्यवस्थापन नेकपाले गर्ने जसपा नेता राजकिशोरले जानकारी दिए। सभालाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड दिउँसो १ बजे बुटवल पुग्ने कार्यक्रम रहेको छ। अरू नेताहरू भने बिहान १० बजे पुग्ने राजकिशोर...
राष्ट्रपति पौडेलसँग उपप्रधानमन्त्री खड्काको भेट

राष्ट्रपति पौडेलसँग उपप्रधानमन्त्री खड्काको भेट

देश, राजनीति, समाचार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले भेटवार्ता गरेका छन् ।  राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता भएको उपप्रधानमन्त्री खड्काको सचिवालयले जनाएको छ । सो अवसरमा उपप्रधानमन्त्री खड्काले मुलुकको शान्ति सुरक्षालगायतका विषयमा राष्ट्रपति पौडेलसँग छलफल गरेका थिए । ...
भारतीय एनडीसी टोलीद्वारा रक्षामन्त्री र परराष्ट्रमन्त्रीसँग भेटवार्ता

भारतीय एनडीसी टोलीद्वारा रक्षामन्त्री र परराष्ट्रमन्त्रीसँग भेटवार्ता

देश, समाचार
काठमाडौँ — भारतको नेसनल डिफेन्स कलेज (एनसीसी) को टोलीले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र प्रधानसेनापति प्रभुराम शर्मालाई छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेको छ । हवाई सेवाका उपप्रमुख मनिषकुमार गुप्ताको नेतृत्वमा एनडीसीको शिक्षार्थी सम्मिलित १६ सदस्यीय भ्रमणदल नेपालमा आएको हो । रक्षा मन्त्रालय सिंहदरबारमा शिष्टाचार भेटघाटमा उपप्रधानमन्त्री खड्काले संयुक्त राष्ट्र संघको बडापत्र, असंलग्नता, पञ्चशील, अन्तर्राष्ट्रिय कानुन र विश्व शान्तिका मूल्यमान्यता नेपालको परराष्ट्र नीति संचालनका आधारहरुको रूपमा रहेको उल्लेख गरे । उनले सार्वभौम समानता, क्षेत्रीय अखण्डता, पारस्परिक हित र पारस्परिक लाभले नेपालको परराष्ट्र सम्बन्धलाई मार्गदर्शन गरेको बताए । रक्षामन्त्री खड्काले संयुक्त राष्ट्रसंघीय शान्ति अभियानमा सहभागी भएर नेपालले अन्तर्राष्...
तीनदिने साहित्यिक महोत्सव गर्दै कांग्रेस

तीनदिने साहित्यिक महोत्सव गर्दै कांग्रेस

देश, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसले ११०औँ बीपीजयन्तीका अवसरमा साहित्यिक महोत्सव आयोजना गर्दै छ । यही भदौ २४, २५ र २६ गते तीन दिनसम्म आयोजना गरिने महोत्सवमा नेपालको राजनीति र साहित्यमा बीपीको महत्त्वबारे जानकारी दिने कांग्रेसको तयारी छ । महोत्सवमा मुख्य वक्ताले बीपीको राजनीतिक र साहित्यिक पाटोका बारेमा बोल्ने सोमबार सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रचार विभागका प्रमुख मीन विश्वकर्माले जानकारी दिए । महोत्सवमा १२ वटा सत्र राखिनेछ । विश्वकर्माका अनुसार बीपीको मनोविश्लेषणात्मक साहित्य र व्यक्तिसत्ता, साहित्यमा पर्यावरण, समय र सबाल्र्टन, नेपालको मातृभाषा साहित्य, बीपी आख्यानमा नारीलगायत सत्र हुनेछ । यस्तै, बीपीका आख्यानमा मधेस, बीपीका दृष्टिमा बीपी, बीपीले नपाएका १५ वर्ष, अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा बीपी, समावेशिता, सामाजिक रूपान्तरण र बीपी, युवा स्रष्टामा बीपी प...
आजदेखि सर्वोच्च अदालतको पेशी तारेख अटोमेसन प्रणालीबाट तोकिने

आजदेखि सर्वोच्च अदालतको पेशी तारेख अटोमेसन प्रणालीबाट तोकिने

देश, समाचार
सर्वोच्च अदालतमा आजदेखि अटोमेसन प्रणालीद्वारा पेशी तारेख* तोक्न सुरू गरिने भएको छ। आज प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठले अटोमेसनद्वारा पेशी तारेख तोक्ने व्यवस्थाको उद्घाटन गर्ने सर्वोच्च अदालका प्रवक्ता विमल पौडेलले बताए। ‘आजदेखि सर्वोच्च अदालतको पेशी तारेख अटोमेसनबाट तोकिने भएको छ। प्रधानन्यायाधीशज्यूले अटोमेसन प्रणालीको उद्घाटन गर्ने कार्यक्रम छ,’ उनले भने। यसअघि कर्मचारीले नै पेशी तारेख तोक्दै आएकामा अबबाट अटोमेशन प्रणाली लागू हुने भएको हो। २०७८ माघदेखि गोलाप्रथाबाट पेशी तोकिँदै आएको छ। ...
लोकतन्त्रको उपयोग गर्न संसदीय समितिमा उमेदवारी दियौँ : गणेश पराजुली

लोकतन्त्रको उपयोग गर्न संसदीय समितिमा उमेदवारी दियौँ : गणेश पराजुली

देश, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले समितिमा ३३ प्रतिशत महिलाको अधिकार दिनबाट सरकार चुकेको बताएका छन् ।  आइतबार संसदीय समितिअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा सभापतिका लागि उमेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफ्नो पार्टीले सभापतिमा उमेदवारी दिएर लोकतन्त्रको अधिकतम उपयोग गरेको बताए । उनले प्रमुख प्रतिपक्षले सार्वजनिक लेखा समिति लिनुपर्नेमा अरू पनि समिति राजनीतिक भागबन्डामा लिइरहेको आरोप पनि लगाए । "हाम्रो पार्टीले लोकतन्त्रको अधिकतम उपयोग गर्दै निर्वाचनमा भाग लिने र उपस्थिति देखाउन आएका छौँ । राजनीतिमा सधैँ दूषित खेल मात्रै खेल्नुहुँदैन, निर्वाचन प्रक्रियामा भाग लिनुपर्छ भनेर नै हामी भाग लिएका हौँ," उनले भने ।  ...