२०८१ जेष्ठ ३

कोसी प्रदेश सरकारविरुद्धको रिट खतिवडा र माथेमाको इजलासमा




काठमाडौं । कोसी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा दायर रिट आज न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मलता माथेमाको इजलासमा परेको छ ।


Advertisement


यही भदौ ६ गते नेकपा (एमाले) कोसी प्रदेशसभा संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा यसअघि नै अन्तरिम आदेश भएको छ । नेपाली कांगेस संसदीय दलका नेता उद्धवकुमार थापा नेतृत्वको सरकारलाई दीर्घकालीन असर गर्ने निर्णय नगर्न सर्वोच्चले आन्तरिम आदेश जारी गरेको हो ।



सोही दिन ईश्वरप्रसाद खतिवडाको इजलासले आजका लागि पेसी तोकेको थियो । रिटलाई अग्राधिकार प्रदान गरिएको छ । आज पनि खतिवडासहितको इजलासमा रिट परेको हो ।

Copy link
Powered by Social Snap