२०८१ जेष्ठ ४

लोकतन्त्रको उपयोग गर्न संसदीय समितिमा उमेदवारी दियौँ : गणेश पराजुली




काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले समितिमा ३३ प्रतिशत महिलाको अधिकार दिनबाट सरकार चुकेको बताएका छन् । 


Advertisement


आइतबार संसदीय समितिअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा सभापतिका लागि उमेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफ्नो पार्टीले सभापतिमा उमेदवारी दिएर लोकतन्त्रको अधिकतम उपयोग गरेको बताए ।



उनले प्रमुख प्रतिपक्षले सार्वजनिक लेखा समिति लिनुपर्नेमा अरू पनि समिति राजनीतिक भागबन्डामा लिइरहेको आरोप पनि लगाए ।

“हाम्रो पार्टीले लोकतन्त्रको अधिकतम उपयोग गर्दै निर्वाचनमा भाग लिने र उपस्थिति देखाउन आएका छौँ । राजनीतिमा सधैँ दूषित खेल मात्रै खेल्नुहुँदैन, निर्वाचन प्रक्रियामा भाग लिनुपर्छ भनेर नै हामी भाग लिएका हौँ,” उनले भने । 

Copy link
Powered by Social Snap